स्वास्थ्य मन्त्रालयले माग्यो एम्बुलेन्स र शववाहनको विवरण  « Khabarhub

स्वास्थ्य मन्त्रालयले माग्यो एम्बुलेन्स र शववाहनको विवरण 


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ ।

आज एक सूचना जारी गर्दै यही मङ्सिर २१ गतेभित्र अनिवार्य रुपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।

आम नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री एम्बुलेन्स र शववाहन सेवाका लागि एकीकृत प्रणालीलाई सुदृढीकरण गर्न आवश्यक रहकाले हाल नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण एम्बुलेन्स तथा शववाहनहरुको विवरण सम्बन्धित सेवा प्रदायक संस्थाहरूले पठाउनुपर्ने मन्त्रालयले जनाएको हो ।

हाल एम्बुलेन्स सेवा निर्देशिका, २०८२ र शव वाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७ कार्यान्वयनमा छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ४ : ५३ बजे

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको