कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण « Khabarhub

कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा–२ नामक ट्याङ्करमाथि कृष्ण सागरमा आक्रमण भएको टर्कीको समुद्री प्राधिकरणले मङ्गलबार पुष्टि गरेको छ ।

केही दिनअघि मात्र युक्रेनी नौसेना ड्रोनले दुई रूसी ‘छाया फ्लीट’ (स्याडो फ्लीट) ट्यांकरलाई लक्ष्य बनाएको पृष्ठभूमिमा यो पछिल्लो घटना भएको हो ।

टर्कीको समुद्री मामिला महानिर्देशालयका अनुसार ट्यांकर टर्कीको तटबाट करिब १३० किलोमिटर टाढा आक्रमणमा परे पनि १३ जना चालक दलका सबै सदस्य सुरक्षित रहेका छन् । 

जहाजले कुनै प्रकारको आपतकालीन सहायता मागेको छैन र यो सिनोप बन्दरगाहतर्फ आफ्नो मार्गमा रहेको जनाइएको छ । प्राधिकरणले एक्समा जारी गरेको विज्ञप्तिमा घटनाको पुष्टि गर्दै समुद्री सुरक्षाबारे निरन्तर निगरानी गरिने जनाएको छ ।

यसअघि सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले रूसी जहाज काइरोस र विराटमा भएको युक्रेनी ड्रोन आक्रमणको कडा आलोचना गर्दै यस्तो कार्यले क्षेत्रीय द्वन्द्व ‘चिन्ताजनक रूपमा तीव्र’ भएको चेतावनी दिने भनी टिप्पणी गरेका थिए । 

उनले भने, ‘हाम्रा विशेष समुद्री क्षेत्रमा नेभिगेसन सुरक्षा, मानवजीवन र वातावरणलाई जोखिममा पार्ने यस्ता आक्रमण हामीले कदापि स्वीकार गर्न सक्दैनौँ । हामीले सबै पक्षलाई आवश्यक चेतावनीहरू दिइरहेका छौँ ।’

काइरोस र विराट माथिका आक्रमणहरू टर्कीको विशेष आर्थिक क्षेत्रभित्रै भएका थिए र दुवै जहाजका चालक दल सुरक्षित रहेको बताइएको छ । ओपनसेन्क्सन नामक प्रतिबन्ध निगरानी डाटाबेसअनुसार यी जहाजहरू सन् २०२२ मा युक्रेनमाथि आक्रमणपछि रुसमाथि लगाइएका प्रतिबन्ध चर्किँदै जाँदा तीबाट बच्न प्रयोग गरिने ‘छाया फ्लीट’ को हिस्सा मानिन्छन् ।

युक्रेनले युद्धकालमा रूसी लक्ष्यहरूविरुद्ध विशेष रूपमा विस्फोटक पदार्थले भरिएका समुद्री ड्रोन प्रयोग गर्दै धेरै सफल नौसैनिक आक्रमण गरिसकेको छ । यद्यपि ती प्रायः उत्तरी कृष्ण सागरकै क्षेत्रमा सीमित रहने गरेका थिए । पछिल्लो आक्रमणले द्वन्द्व अब दक्षिणतर्फ फैलिन सक्ने संकेत दिएको विश्लेषकहरूको आकलन छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ५ : ५९ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान