कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो « Khabarhub

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान गरेको छ। सोमबारको केन्द्रीय समिति बैठकले पुस २६–२८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बोलाएको हो।

क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन थापा छन्। थापाले बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी डाकेको समितिका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए।

थापा संयोजक रहेको समितिमा केन्द्रीय सदस्यहरू चौधरी, सीता गुरुङ, प्रकाश रसाइली छन्।

केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ।

समयको दबाबमा रहेको समितिका संयोजक थापाले बैठक बोलाएका हुन्। अधिकांश शीर्ष नेताको जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान हुन सकेको छैन।

यसपटक विवाद रहेको विषयलाई फास्ट ट्र्याकबाट टुंग्याउने र टुंगिने अवस्था नभएका क्षेत्रलाई थाती राखेरै महाधिवेशन गर्ने तयारी छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ९ : २८ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ