मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान « Khabarhub

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

बडीमालिका नगरपालिका–८ तल्लो जिउलामा रहेको प्रकाश थापाको फर्निचर, गाडी ग्यारेजसहितको डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए।

आगलागीबाट डिपार्टमेन्ट नजिकै रहेको किरण थापाको घरमा समेत क्षति पुगेको उनले बताए।

आज दिउँसो १२ बजेर १५ मिनेटमा विद्युत्‌को तार सट हुँदा यहाँ आगलागी भएको थियो। सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो।

जिल्लाका नौ वटै स्थानीय तहमा दमकल नहुँदा आगलागीका घटनामा समस्या हुँदै आएको छ।

गत जेठ २३ गते बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा पनि आगलागी हुँदा ४० पसल जलेर नष्ट भएका थिए। त्यहाँ पनि स्थानीयवासी, सुरक्षाकर्मी, व्यापारीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : १३ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ