बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय « Khabarhub

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन शोषण गरेको अभियोगमा २५ वर्ष जेल सजाय सुनाइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बेलायतको पिटरबरो क्षेत्रमा बसोबास गर्ने ४९ वर्षका प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन अदालतले यौन अपराधमा २५ वर्ष जेल सजायको फैसला गरेको हो।

उनले १९ वर्षभन्दा लामो समयसम्म ७ बालिका र एक महिलालाई पटकपटक बलात्कार तथा यौन शोषण गरेको अदालतको ठहर छ। उनको नेपाल घर काठमाडौँ नै रहेको समाचारमा उल्लेख छ।

सन् २०२३ नोभेम्बरमा एक पीडितले आफ्नो परिवारसँग गोप्य कुरा खोलेपछि ढकाल पक्राउ परेका थिए। त्यसपछि थप सात जनापीडित खुलेका थिए।

पीडितमध्ये एक जनाबाहेक सबै यौन दुराचार गरिँदा बालिका थिए; त्यसमा सबैभन्दा सानीको उमेर जम्मा ८ वर्ष थियो। सात जना पीडित क्याम्ब्रिजसायरका र एक जना लन्डनकी थिइन्। धेरै जना पीडितले विश्वास नगर्ने डरले लामो समयसम्म मुख खोलेका थिएनन्।

ढकाल केही वर्षदेखि पिटरबरो क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका थिए।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १० : ३२ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ