आज देशभरको मौसम सफा रहने   | Khabarhub Khabarhub

आज देशभरको मौसम सफा रहने  


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया  बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने  छ । 

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने  छ ।

शनिबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै  स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : १३ बजे

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ

अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरमा रहेको धर्म जनता माध्यमिक विद्यालयमा

सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने ‘कोरीडाँडा’

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे,

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो दिनको केन्द्रीय समिति

सर्वेन्द्र खनालले छाडे एमाले

काठमाडौं– एमाले नेता तथा नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा