विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल « Khabarhub

विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

टीकापुर– सपना विककी आमा सेतु विकले छोरीले वडा कार्यालयबाट साइकल पाएपछि मक्ख छन्। अर्थाभावले छोरीलाई साइकल किन्न अक्षम सेतुको समस्या वडा कार्यालयले टारिदिएपछि आमाछोरी दङ्गादङ्गीमा छन्। 

कक्षा ९ मा त्रिभुवन माध्यमिक विद्यालय वसन्तामा अध्ययनरत सपनाको रहर पूरा भएको छ। ‘अरु साथीहरू साइकल चढेर विद्यालय गएको देख्थे, मेरो पनि भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो’, सपना भन, ‘अब साथीहरुसँगै म पनि लैजान्छु ।’

टीकापुर नगरपालिका–४ ले वडामा रहेका १८ जना छात्रालाई साइकल किनिदिएपछि अन्य छात्रा पनि यस्तै सोचिरहेका छन् । साइकल पाएपछि छात्रा मात्र होइन उनीहरूका अभिभावक पनि खुसी भएका छन् । रुपा चौधरीकी आमा शिला चौधरी पनि छोरीले साइकल पाएपछि खुसी हुनुभएको छ ।

‘छोरी आधा घण्टा बढी समय हिँडेर विद्यालय जान्थिन’, शिलाले भनिन्, ‘पढाइमा राम्रो नतिजा ल्याउने छोरीको आवश्यकता साइकल भए पनि किनिदिन सकेका थिएनौँ ।’

हीराकुमारी डगौरा थारुकी छोरी आयुषा चौधरी सरस्वती मावि वनगाउँमा अध्ययन गर्छिन्। घरबाट विद्यालय पुग्न आधा घण्टा बढी समय लाग्ने भए पनि आयुषा नियमित विद्यालय उपस्थित थिइन्।

 ‘मलाई कहिलेकाहीँ ढिला हुन्थ्यो, ढिलो भएको दिन आमा आज नजा भन्छन्, तर म मान्दिनथेँ’, आयुषाले भनिन्, ‘अब साइकलमा २० मिनेटमै पुग्छु, समय पनि बचत हुन्छ । आमालाई पनि घरको काममा सघाउन भ्याउँछु ।’

कक्षा ११ मा अध्ययनरत सन्ध्या चौधरीलाई पनि क्याम्पस जान समस्या हुन्थ्यो । ‘बिहान ६ बजे कलेजका लागि हिँड्नुपर्ने भएकाले समस्या थियो’ उनले भनिन्, ‘अब सजिलो भएको छ । आजदेखि कलेज साइकलमा जान्छु ।’ 

टीकापुर नगरपालिका– ४ ले कक्षा ९ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको हो । वडाले साइकल नभएर टाढा विद्यालय हिँडेर जान बाध्य छोरीहरूको शैक्षिक विकासका सहयोग होस् भनी साइकल वितरण गरेको जनाएको छ । 

वडाध्यक्ष लालविर चौधरीले समाज निर्माणमा ठूलो भूमिका महिलाको हुने भएकाले महिला शिक्षित हुनुपर्छ भनेर छोरीलाई अघि बढाउन र स्थानीय सरकार भएको आभास गराउन साइकल दिएको बताए। 

‘यति धेरै समस्या र गरिबी भएर पनि छोरीहरू पढाइमा अब्बल छन्’, उनले भने, ‘यस्ता छोरीहरूको सहयोगी सरकार बन्नुपर्छ भनी यो सहयोग गरेका हौँ ।’

वडाले रु एक लाख ६० हजार बजेटमा १८ साइकल वितरण गर्‍यो । साइकलका लागि ६० बालिकाको निवेदन परेको थियो । जसमा विपन्न र जेहेन्दारलाई प्राथमिकता दिइएको बताइएको छ । कार्यपालिका सदस्य रुपमति डगौराले छात्राहरूको विद्यालयमा पहुँच वृद्धि गर्न साइकलले मद्दत पुग्ने बताए। 

‘लगनशील भएर पढ्नुहोला’, उनले भने, ‘राम्रो पढ्नलाई आर्थिक समस्याले पछि पार्दैन, नगरपालिकाले विपन्न, पढाइमा लगनशील विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ ।’

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ८ : ३२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको