बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग आजबाट, ३ सय खेलाडी सहभागी हुने « Khabarhub

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग आजबाट, ३ सय खेलाडी सहभागी हुने


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको दोस्रो संस्करण शुक्रबारदेखि सुरू हुँदै छ ।

लिगमा पुरुष- महिलातर्फ समान पाँच गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए ।

पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौलसमूहमा खेल हुनेछ । महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र ५३-५७ केजीमा भिडन्त हुनेछ ।

प्रतियोगितामा करिब ३०० खेलाडीको सहभागिता रहने एसकेबसिी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रञ्जित डगौराले जानकारी दिए ।

काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, सात अंक र तीन अंक प्रदान गरिने छ ।

प्रत्योक तौल समूहका पदक विजेतालाई अर्को लिगमा खाना, बसोबास र यातायातको सुविधा प्रदान गरिनेछ भने प्रतियोगिताका खेलहरू टोखा नगरपालिका वडा-५ को कार्यालयमा हुनेछन् ।

३र३ महिनाको अवधिमा सञ्चालन गर्ने गरी सुरुआत गरिएको लिगको तेश्रो संस्करण फागुन र चौथो संस्करण आगामी जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ९ : ४२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार