शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा « Khabarhub

 शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबार वार्षिक साधारण सभा बस्दै छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न आज सभा बोलाएको हो ।सभामा बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद ९कर सहित० लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

 सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । 

सञ्चालक समितिमा संस्थापकका तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । 

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले पुस ३ गते बुक क्लोज गरेको छ । तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।  

ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा.लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : ३८ बजे

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार