एमाले कटहरिया इन्चार्जमा रामजी साह « Khabarhub

एमाले कटहरिया इन्चार्जमा रामजी साह


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटस्थित नेकपा एमाले कटहरिया नगर कमिटीको ईञ्चार्जमा गरुडा निवासी रामजी साह सोनार लाई जिम्मेवारी दिइएको छ।

नेकपा एमालेका मधेश प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। गत कार्तिक २० गते बसेको एमाले प्रदेश कमिटीको बैठकले रामजी साहलाई प्रदेश कमिटी सदस्यमा चयन गरेको थियो।

एमाले केन्द्रीय निर्देशानुसार रामजी साह सोनार लाई प्रदेश कमिटी सदस्य संगै कटहरिया नगर कमिटी इन्चार्जको जिम्मेवारी थपिएको प्रदेश अध्यक्ष मण्डल द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

रामजी साह गरुड स्थित सुन चाँदी व्यवसायीका साथै राजनीतिमा पनि सक्रिय रहेका छन्।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १२ : ४९ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा