दक्षिण कोरियामा तनाव : राष्ट्रपतिलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी « Khabarhub

दक्षिण कोरियामा तनाव : राष्ट्रपतिलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योललाई गिरफ्तार गर्न पुगेको प्रहरीको टोली उनको आवासमा छिर्ने कोसिस गरिरहेको छ ।

तर राष्ट्रपतिका समर्थक ठूलो संख्यामा जम्मा भएर गिरफ्तारीको विरोधमा उत्रिएका छन् ।

प्रेसिडेन्शियल सेक्युरिटी फोर्सले पुलिसलाई राष्ट्रपति युनसम्म पुग्न रोकिरहेको छ ।

युनले गत ३ डिसेम्बर राति अचानक मार्शल कानुन घोषणा गरेका थिए । त्यसपछि उक्त कदमको देशभर विरोध भएको थियो ।

त्यसपछि राष्ट्रपतिविरुद्ध महाभियोग लगाइएको छ। त्यही प्रकरणमा उनीविरुद्ध यही साताको सुरुमा पक्राउ पुर्जी जारी भएको थियो ।

युनलाई राष्ट्रपतिको शक्ति दुरुपयोग र विद्रोहका लागि जनता उकासेको मामिलामा जाँच गरिरहेका अधिकाहरूसामु पेश गर्ने तयारी थियो । उनलाई जाँच अधिकारीसामु उपस्थित हुन नोटिश पठाइए पनि जवाफ दिन इन्कार गरिदिएका थिए ।

यस्तो अवस्थामा करिब २० जना पुलिस अधिकारीहरूको टोली शुक्रबार उनलाई गिरफ्तार गर्न उनको घरमा पुगेको हो ।

राष्ट्रपतिका वकीलले भने यस्तो गैरकानुनी पक्राउ पुर्जीको कानुनी चुनौती दिइने बताएका छन् । १४ डिसेम्बरमा सांसदहरूले उनीमाथि महाभियोग लगाउन मतदान गरेका थिए । त्यसपछि राष्ट्रपतिलाई उनको जिम्मेवारीबाट निलम्बन गरिएको थियो ।

तर उनलाई देशको संवैधानिक अदालतको फैसलामार्फत् मात्रै हटाउन सकिन्छ । यसैबीच उत्तर कोरियाको तर्फबाट प्रतिक्रिया आएको छ । उत्तरले दक्षिण कोरियामा ‘राजनीतिक अराजकता’को स्थिति बनेको टिप्पणी गरेको छ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १२ : ५७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक