दक्षिण कोरियामा तनाव : राष्ट्रपतिलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी « Khabarhub

दक्षिण कोरियामा तनाव : राष्ट्रपतिलाई पक्राउ गर्न घरमा पुग्यो प्रहरी


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योललाई गिरफ्तार गर्न पुगेको प्रहरीको टोली उनको आवासमा छिर्ने कोसिस गरिरहेको छ ।

तर राष्ट्रपतिका समर्थक ठूलो संख्यामा जम्मा भएर गिरफ्तारीको विरोधमा उत्रिएका छन् ।

प्रेसिडेन्शियल सेक्युरिटी फोर्सले पुलिसलाई राष्ट्रपति युनसम्म पुग्न रोकिरहेको छ ।

युनले गत ३ डिसेम्बर राति अचानक मार्शल कानुन घोषणा गरेका थिए । त्यसपछि उक्त कदमको देशभर विरोध भएको थियो ।

त्यसपछि राष्ट्रपतिविरुद्ध महाभियोग लगाइएको छ। त्यही प्रकरणमा उनीविरुद्ध यही साताको सुरुमा पक्राउ पुर्जी जारी भएको थियो ।

युनलाई राष्ट्रपतिको शक्ति दुरुपयोग र विद्रोहका लागि जनता उकासेको मामिलामा जाँच गरिरहेका अधिकाहरूसामु पेश गर्ने तयारी थियो । उनलाई जाँच अधिकारीसामु उपस्थित हुन नोटिश पठाइए पनि जवाफ दिन इन्कार गरिदिएका थिए ।

यस्तो अवस्थामा करिब २० जना पुलिस अधिकारीहरूको टोली शुक्रबार उनलाई गिरफ्तार गर्न उनको घरमा पुगेको हो ।

राष्ट्रपतिका वकीलले भने यस्तो गैरकानुनी पक्राउ पुर्जीको कानुनी चुनौती दिइने बताएका छन् । १४ डिसेम्बरमा सांसदहरूले उनीमाथि महाभियोग लगाउन मतदान गरेका थिए । त्यसपछि राष्ट्रपतिलाई उनको जिम्मेवारीबाट निलम्बन गरिएको थियो ।

तर उनलाई देशको संवैधानिक अदालतको फैसलामार्फत् मात्रै हटाउन सकिन्छ । यसैबीच उत्तर कोरियाको तर्फबाट प्रतिक्रिया आएको छ । उत्तरले दक्षिण कोरियामा ‘राजनीतिक अराजकता’को स्थिति बनेको टिप्पणी गरेको छ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १२ : ५७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली