बराहक्षेत्रमा विवाह महोत्सव हुने  | Khabarhub Khabarhub

बराहक्षेत्रमा विवाह महोत्सव हुने 


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिने भएको छ । बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप विवाह महोत्सव हुने भएको हो । 

महोत्सव आगामी पुस २१ र २२ गते आयोजना हुने बराहक्षेत्र नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा पण्डित योगेश भण्डारीले जानकारी दिए । 

विवाह महोत्सव अन्तर्गत पुस २१ गते  गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिने भएको छ । पुस २२ गते धरणीलाई वराह मन्दिर पुर्‍याएर १००८ घडा जलद्वारा मङ्गलस्नान गरिने भण्डारीले जानकारी दिए । 
सोही दिन स्वयंवर, कन्यादान, सिन्दूर दानलगायतका पौराणिक वैवाहिक कार्यक्रम आयोजना हुने भएको छ । 

पण्डित भण्डारीका अनुसार लीलाविग्रहमा समेत लक्ष्मीजीका साथमा नारायण, सीताका साथमा राम, राधाजीका साथमा कृष्ण, पद्मावतीका साथमा वैङ्कटेस, रङ्गनायकीका साथमा रङ्गनाथ भगवान् साथमा भए झैँ धरणीका साथमा सदासर्वदा वराह रहको मान्यता छ ।  

विवाह महोत्सवको अन्तिम तयारी पूरा भएको पण्डित भण्डारीको भनाइ छ । महोत्सवको समुद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम तय भएको छ । 

तीन हजार वर्षअघिको इतिहास बोकेको बराहक्षेत्र मन्दिर हिन्दू धर्मका चार प्रमुख धाममध्ये एक धामका रूपमा रहेको छ । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार बराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार हुन् ।
 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १ : ३५ बजे

मार्बुका ग्रामीण सडक स्तरोन्नति गरिँदै

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-७ मार्बु अन्तर्गत पर्ने ग्रामीण

आर्थिक कूटनीतिले प्राथमिकता पाउने : राजदूत नेपाल

काठमाडौं –स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले आर्थिक कूटनीतिलाई प्राथमिकता

माघ १८ गते संसद्‍को हिउँदे अधिवेशन बोलाउन सिफारिस

काठमाडौं- प्रतिपक्षी दलहरूको विरोधको स्वर बढिरहेका बेला सरकारले संसद्को हिउँदे

काठमाडौंमा दक्षिण एसियाका उत्कृष्ट महिला कलाकारको सिर्जना प्रदर्शनी हुने

काठमाडौं– तारागाउँ सांस्कृतिक केन्द्रले साराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाउँ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

झापा– मेची राजमार्गको बुद्ध शान्ति गाउँपालिका–४ हापेन चोकमा आज सवारीसाधन