बाइडेन श्रीमतीलाई २० हजार डलरको हिरा दिएका थिए मोदीले « Khabarhub

बाइडेन श्रीमतीलाई २० हजार डलरको हिरा दिएका थिए मोदीले


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी- बाहिरिने तयारीमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको परिवारले २०२३ मा विदेशी नेताहरूबाट हजारौँ डलर उपहार प्राप्त गरेका छन् । ती उपहारलाई हालै सार्वजनिक गरिएको छ ।

सार्वजनिक सूचीअनुसार भारतबाट जो बाइडेनलाई सबैभन्दा महँगो उपहार दिइएको खुलेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीमती जिल बाइडेनलाई २० हजार अमेरिकी डलर बराबरको हिरा उपहार दिएका खुलेको छ।

भारतीय प्रधानमन्त्री मोदीले दिएको ७.५ क्यारेटको हीरा सन २०२३ मा बाइडेन परिवारलाई दिइएको सबैभन्दा महँगो उपहारको रूपमा दर्ज गरिएको छ ।

यद्यपि, उनले अमेरिकाका लागि युक्रेनी राजदूतबाट १४ हजार ६३ अमेरिकन डलरको ब्रोच र इजिप्टका राष्ट्रपति र प्रथम महिलाबाट ४५१० डलरको ब्रेसलेट, ब्रोच र फोटो एल्बम पनि पाएका छन् । अमेरिकन विदेश मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो जानकारी दिइएको हो ।

स्टेट डिपार्टमेन्टका अनुसार २० हजार अमेरिकी डलर मूल्यको हीरा आधिकारिक प्रयोगको लागि ह्वाइट हाउसको पूर्वी भागमा राखिएको थियो।

राष्ट्रपति र प्रथम महिलालाई दिइएका अन्य उपहारहरू अभिलेखालयमा पठाइएको छ । धेरै महँगो उपहारमध्ये जो बाइडेनले दक्षिण कोरियाबाट एउटा उपहार प्राप्त गरेका थिए । राष्ट्रपति सुक येओल युनले अमेरिकी डलर ७ हजार १ सय मूल्यको सम्झनामूलक फोटो एल्बम समावेश छ ।

मङ्गोलियाका प्रधानमन्त्रीबाट ३ हजार ४ सय ९५ अमेरिकी डलर मूल्यको मङ्गोल योद्धाको मूर्ति, ब्रुनाईका सुल्तानबाट ३ हजार ३ सय अमेरिकी डलर मूल्यको चाँदीको कचौरा, इजरायलका राष्ट्रपतिबाट ३ हजार १६० अमेरिकी डलर मूल्यको स्टर्लिङ्ग र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट २४ सय डलर मूल्यको एक कोलाज छन् ।

संघीय कानुनअनुसार कार्यकारी शाखाका अधिकारीहरूले विदेशी नेताहरूबाट प्राप्त उपहारहरू सार्वजनिक गर्न आवश्यक छ। संघीय कानुनले कार्यकारी शाखाका अधिकारीहरूले विदेशी नेता र उनीहरूका आफन्तबाट प्राप्त उपहारहरू देखाउनुपर्ने भनेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १ : ४५ बजे

निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड सहयोग

काठमाडौं – निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका

सरकार र बञ्जरेडाँडाका स्थानीयसँगको वार्ता निष्कर्षविहीन

काठमाडौँ- विगतमा भएमा सहमति कार्यान्वयनको माग गर्दै काठमाडौँ उपत्यकाको फोहोर

झुम्का कारागारका पाँचसय ५६ कैदी अझै फरार

विराटनगर – कोशी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै

नारायणी पुलमा दुई रात गाडी चलाउन नपाइने

काठमाडौं- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डमा पर्ने नारायणी नदीको पुलमा दुई

अफ्रिकामा पहिलो जी–२० शिखर सम्मेलन, धनी राष्ट्रलाई जलवायु प्रकोपविरुद्ध थप जिम्मेवारीको आग्रह

जोहानेसबर्ग – अफ्रिकामा पहिलोपटक आयोजना हुँदै गरेको जी–२० शिखर सम्मेलनका