बाइडेन श्रीमतीलाई २० हजार डलरको हिरा दिएका थिए मोदीले « Khabarhub

बाइडेन श्रीमतीलाई २० हजार डलरको हिरा दिएका थिए मोदीले


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

वासिङटन डिसी- बाहिरिने तयारीमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको परिवारले २०२३ मा विदेशी नेताहरूबाट हजारौँ डलर उपहार प्राप्त गरेका छन् । ती उपहारलाई हालै सार्वजनिक गरिएको छ ।

सार्वजनिक सूचीअनुसार भारतबाट जो बाइडेनलाई सबैभन्दा महँगो उपहार दिइएको खुलेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीमती जिल बाइडेनलाई २० हजार अमेरिकी डलर बराबरको हिरा उपहार दिएका खुलेको छ।

भारतीय प्रधानमन्त्री मोदीले दिएको ७.५ क्यारेटको हीरा सन २०२३ मा बाइडेन परिवारलाई दिइएको सबैभन्दा महँगो उपहारको रूपमा दर्ज गरिएको छ ।

यद्यपि, उनले अमेरिकाका लागि युक्रेनी राजदूतबाट १४ हजार ६३ अमेरिकन डलरको ब्रोच र इजिप्टका राष्ट्रपति र प्रथम महिलाबाट ४५१० डलरको ब्रेसलेट, ब्रोच र फोटो एल्बम पनि पाएका छन् । अमेरिकन विदेश मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यो जानकारी दिइएको हो ।

स्टेट डिपार्टमेन्टका अनुसार २० हजार अमेरिकी डलर मूल्यको हीरा आधिकारिक प्रयोगको लागि ह्वाइट हाउसको पूर्वी भागमा राखिएको थियो।

राष्ट्रपति र प्रथम महिलालाई दिइएका अन्य उपहारहरू अभिलेखालयमा पठाइएको छ । धेरै महँगो उपहारमध्ये जो बाइडेनले दक्षिण कोरियाबाट एउटा उपहार प्राप्त गरेका थिए । राष्ट्रपति सुक येओल युनले अमेरिकी डलर ७ हजार १ सय मूल्यको सम्झनामूलक फोटो एल्बम समावेश छ ।

मङ्गोलियाका प्रधानमन्त्रीबाट ३ हजार ४ सय ९५ अमेरिकी डलर मूल्यको मङ्गोल योद्धाको मूर्ति, ब्रुनाईका सुल्तानबाट ३ हजार ३ सय अमेरिकी डलर मूल्यको चाँदीको कचौरा, इजरायलका राष्ट्रपतिबाट ३ हजार १६० अमेरिकी डलर मूल्यको स्टर्लिङ्ग र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट २४ सय डलर मूल्यको एक कोलाज छन् ।

संघीय कानुनअनुसार कार्यकारी शाखाका अधिकारीहरूले विदेशी नेताहरूबाट प्राप्त उपहारहरू सार्वजनिक गर्न आवश्यक छ। संघीय कानुनले कार्यकारी शाखाका अधिकारीहरूले विदेशी नेता र उनीहरूका आफन्तबाट प्राप्त उपहारहरू देखाउनुपर्ने भनेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १ : ४५ बजे

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती– बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत