राखेपका नवनियुक्त सदस्यले लिए पद तथा गोपनियताको शपथ | Khabarhub Khabarhub

राखेपका नवनियुक्त सदस्यले लिए पद तथा गोपनियताको शपथ


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइएको छ ।  

शुक्रबार सिंहदरबारस्थीत खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री तेजुलाल चौधरीले परिषद्को सदस्यमा नियुक्त भएका ८ जनालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्को सदस्यमा शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, सुवर्ण श्रेष्ठ, कमलबहादुर भट्टराई, हिमालकुमार श्रेष्ठ, नन्दा बस्याल, जगतसिंह धामी र भानबहादुर चन्दलाई चार वर्षका लागि नियुक्त गरेको थियो ।

परिषद्का सदस्यहरूलाई शपथ गराउँदै मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरे । 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  २ : ४३ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका