‘सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौँ’ « Khabarhub

‘सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौँ’


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सबलीकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् । 

प्रेस चौतारी नेपाल दाङबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासङ्घमा नवनिर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद् सदस्य तथा प्रदेश परिषद् सदस्यहरुलाई बधाई ज्ञापन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चारमाध्यमलाई बलियो बनाउन र संरक्षण गर्न सञ्चार ऐनलाई संशोधन गरेर सुधार गरिने बताए  ।

‘सञ्चार ऐनलाई संशोधन गरेर भए पनि मिडिया क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रदेश सरकारको योजना छ । यो काम अघि बढेको छ,’ उनले भने, ‘प्रदेशसभाको हिउँदे अधिवेशनबाट ऐनलाई संशोधन गरेर मिडिया क्षेत्रको कामलाई प्रभावकारी बनाउने योजना छ ।’

उत्तरदायी र व्यावसायिक पत्रकारितामा जोड दिँदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय देखिएका विकृति, विसङ्गति अन्त्यका लागि स्वयं पत्रकारिता क्षेत्र सजग र चनाखो हुनुपर्ने धारणा राखे । ‘मर्यादित र व्यावसायिक पत्रकारिता आजको आवश्यकता हो । तर केही विकृति, विसङ्गति भित्रिएका छन् । त्यसलाई निर्मूल पार्न जरुरी छ’, उनले भने, ‘प्रदेश सरकार पत्रकारको हकहित सुनिश्चित गर्न दृढ र प्रतिबद्ध छ ।’

आम सञ्चारमाध्यमको विकासका लागि प्रदेश सरकारले साझा नीति अवलम्बन गरेको तथा सबै क्षेत्रको सन्तुलित विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए । ‘विज्ञापनलाई एकीकृत रूपमा वितरण गर्ने गरी नीतिगत सुधार गर्ने योजना छ’, मुख्यमन्त्री आचार्यले  भने, ‘प्रदेशभित्रका सबै सञ्चारमाध्यम र पत्रकारहरूलाई साझा रूपमा सम्बोधन गर्ने नीति प्रदेशको छ ।’

प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङ प्रचार विभाग प्रमुख सङ्गीत बस्याललगायतले उत्तरदायित्वसहितको स्वतन्त्र पत्रकारितालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीतिगत सुधार गरेर जान आवश्यक रहेकामा जोड दिए  । 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ३ : ०१ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद