सुदूरपश्चिम प्रदेश योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा योजना आयोगमा उपाध्यक्षसहित तीन जना नियुक्त भएका छन् । प्रदेश सरकारका मुख्य मन्त्री कलबहादुर शाहले सुदूर पश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन रानासहित तीन जनालाई नियुक्त गरेका हुन् । 

मन्त्री परिषद्को बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै शेर बहादुर भण्डारी र हिरा चन्द्र नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।

द सोसियो कल्चर अफ राना थारु विषयमा विद्यावारिधि प्राप्त रानाले एजुकेशन प्लानिङ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । राना थारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । 

सदस्यमा नियुक्त भएका भण्डारी पनि नेपाली कांग्रेस निकट हुन् । अर्का सदस्य चन्द भने नेकपा एमाले निकट हुन् । मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाए । त्यसपछि उपाध्यक्ष रानाले नवनियुक्त सदस्य द्वय भण्डारी र चन्दलाई शपथ खुवाएकी छन् । 

यसअघि उपाध्यक्ष गणेश विक थिए भने सदस्यहरूमा डा. जगरसिंह रावल र दीपिका भट्ट थिए । विक नेकपा एकीकृत समाजवादी निकट हुन् । तत्कालीन गठनादेश खारेज गरेर नयाँ गठनादेश अनुसार उपाध्यक्ष र सदस्य नियुक्त गरिएको हो ।

यसअघि उपाध्यक्षसहित तीन सदस्य रहेको प्रदेशको नीति तथा योजना आयोग अब पाँच सदस्यीय भएको छ । उपाध्यक्ष र दुई सदस्य नियुक्त भएपछि अब थप दुई सदस्य नियुक्त हुने छन् । नयाँ नियुक्त हुने सदस्य पनि भागबन्डामै टुंगीने बताइएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ३ : २० बजे

 सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ

बरहथवा– माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीको बागमतीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ भएको छ

‘बलिदान’को छायाङ्कन गर्न सन्तोष सेनले बनाए कालीमाताको ४२ फिट अग्लो मूर्ति

काठमाडौं – सन्तोष सेनको निर्देशन रहने फिल्म ‘बलिदान’को छायाङ्कनका लागि

‘हुलाक सेवा अत्यावश्यक हो, विपद्मा पनि यसलाई रोक्न मिल्दैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको

अशोक दर्जीको डेब्यू फिल्मका को-को छन् कलाकार ?

काठमाडौं – बाल गायक अशोक दर्जीले फिल्ममा डेब्यू गर्ने भएका

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा