भन्सार विधेयकबारे सरोकारवालासँग छलफल « Khabarhub

भन्सार विधेयकबारे सरोकारवालासँग छलफल


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ बारे सरोकारवालासँग छलफल गरेको छ ।

समितिले आज नेपाल समुद्रपार निकासी पैठारी सङ्घ, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड र नेपाल इन्टरमोडल यातायात विकास समितिसँग छलफल गरेको हो ।

समुद्रपार निकासी पैठारी सङ्घले व्यापार सहजीकरणका लागि विभिन्न विषयमा सहजीकरणका लागि सुझाव दिएको छ । 

भन्सार क्षेत्र बाहिर गई वस्तु जाँच गर्दा लाग्ने महसुलको थप ५० प्रतिशत रकम धरौटी लिने व्यवस्थाले व्यवसायीलाई अनावश्यक बोझ र नगद प्रवाहमा चाप पर्ने भएकाले यो व्यवस्थालाई संशोधन गर्नुपर्ने सङ्घको माग छ । 

भन्सार अधिकृतले निर्धारण गरेको मूल्यभन्दा घोषणाकर्ताले घोषणा गरेको मूल्य १५ प्रतिशतभन्दा बढी भएमा मात्र त्यसलाई न्यून बिजकीकरण भएको मान्नुपर्ने, भन्सार जाँचपासका क्रममा प्रयोग हुने मूल्य सन्दर्भ पुस्तिका खारेज गरिनुपर्ने, भन्सार जाँचपासमा आएका वस्तुको ‘हाईमाइज्ड कोड’ अनुसार वस्तुको वर्गीकरण १५ दिनभित्र सक्नुपर्नेलगायत सुझाव आएका छन् । 

त्यस्तै, प्रशासकीय पुनरावलोकनमा गएका फाइलहरू टुङ्ग्याउनका लागि समय तोक्न आवश्यक रहेको सङ्घका उपाध्यक्ष अनिल कुमार अग्रवालले बताए ।

वेयरहाउस सञ्चालनको अनुमति दिने निकाय बारे स्पष्ट कानुनी व्यवस्था गरिनुपर्ने, भन्सार कार्यालय परिसरमा वेयरहाउस सञ्चालनका लागि स्वीकृति दिँदा सरकारी कम्पनीलाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव दिइएको छ । 

त्यस्तै, भन्सार मूल्याङ्कन पुनरावलोकन समितिले ९० दिनभित्र निर्णय गरिसक्नुपर्ने र सो समयभित्र समितिले निर्णय गर्न नसकेको अवस्थामा निवेदकले राजश्व न्यायाधीकरणमा निवेदन दिने सक्ने व्यवस्था भन्सार ऐनमा राख्नुपर्नेलगायतका सुझाव नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले दिएको छ ।

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुने गरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।

नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । 

यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानहरूमध्ये सामान्य प्रावधानहरू सदस्य भएको तीन वर्षभित्र तथा संक्रमणकालीन मापदण्डहरू पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने महासन्धिमा उल्लेख छ । 

त्यस्तै, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधानहरू भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।
 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ३ : २९ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब