पूर्वराष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नआउनुस्, समाज सेवा गर्नुस् « Khabarhub

पूर्वराष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नआउनुस्, समाज सेवा गर्नुस्


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किन सुझाव दिएका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा,सपना र ताराहरू’ कृति विमोचन कार्यक्रममा शुक्रबार बोल्दै शर्माले भण्डारी अब राजनीतिमा आउनुभन्दा सामाजिक रुपान्तरणको नायक बन्नुपर्ने सुझाए ।

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ,’ शर्माले भने ‘यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो ? यदि मलाई कसैले सोध्छ भने दुवै पूर्वराष्ट्रपति (विद्यादेवी भण्डारी र डा. रामवरण यादव) हरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु ।’

एमालेकी तत्कालीन उपाध्यक्ष भण्डारी दुई कार्यकाल राष्ट्रपति बनेर बाहिरिएपछि फेरि सक्रिय रानीतिमा फर्किने तयारीमा छिन्। यसबारे उनले र एमाले दुवैले मुख खोलेका छैनन् ।

अध्यक्ष केपी शर्मा ओली अहिले नै उनलाई राजनीतिमा ल्याउने पक्षमा देखिएका छैनन् । तर एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलसहितका नेताहरू भण्डारीलाई राजनीतिमा ल्याउने कोसिस गरिरहेका छन् ।

भण्डारीलाई राजनीतिमा ल्याउने कोसिसमा एमाले उपाध्यष्क्ष विष्णु पौडेल तथा नेताहरू गोकुल बास्कोटा र कर्ण थापा पनि लागिरहेका छन् । एमालेको एउटा पंक्ति भण्डारीलाई राजनीतिमा ल्याउन लागिरहेपछि बिहीबार मात्रै अध्यक्ष ओलीले बूढानीलकण्ठ पुगेर दुई घण्टा लामो छलफल गरेका छन् ।

यसअघि गत मंसिर ३० गते च्यासलमा भएको राष्ट्रिय कार्यशाला भेलामा ओ‌लीले भण्डारीलाई एमालेले राष्ट्रपति बनाएको बताउँदै चाहेमा अब उनलाई एमालेले नै राजनीतिमा सक्रिय गराउने बताएका थिए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ३ : ५३ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।