माओवादीको निष्कर्ष : सरकारले नियतवश संसद्को अधिवेशन आह्वान गरेन   « Khabarhub

माओवादीको निष्कर्ष : सरकारले नियतवश संसद्को अधिवेशन आह्वान गरेन  


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले संघीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको बताए । 

उनले संसद्मा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने समेत दाबी गरे । संसद् छलेर सरकारले दलविभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाउँदै सापकोटाले चाँडो भन्दा चाँडो संसद्को अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गरे । 

बैठकमा ३० जना स्थायी कमिटी सदस्य र  अध्यक्ष प्रचण्डले मौखिक रूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । 

उनीहरूले समसामयिक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनका बारेमा धारणा राख्नुभएको छ । सापकोटाले भने, ‘समाजवादी बिचारधारको विकासका लागि , सबै पालिकाहरूमा समाजवादका आधारशिला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा नेताहरूको जोड छ ।’ 

बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरू समेत सहभागी हुने बताए । 

स्थायी कमिटी बैठक शनिबार पनि निरन्तरता  दिइने  प्रवक्ता सापकोटाको भनाइ छ । पुष २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ३ : ५९ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र