माओवादीको निष्कर्ष : सरकारले नियतवश संसद्को अधिवेशन आह्वान गरेन   « Khabarhub

माओवादीको निष्कर्ष : सरकारले नियतवश संसद्को अधिवेशन आह्वान गरेन  


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले संघीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको बताए । 

उनले संसद्मा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने समेत दाबी गरे । संसद् छलेर सरकारले दलविभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाउँदै सापकोटाले चाँडो भन्दा चाँडो संसद्को अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गरे । 

बैठकमा ३० जना स्थायी कमिटी सदस्य र  अध्यक्ष प्रचण्डले मौखिक रूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । 

उनीहरूले समसामयिक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनका बारेमा धारणा राख्नुभएको छ । सापकोटाले भने, ‘समाजवादी बिचारधारको विकासका लागि , सबै पालिकाहरूमा समाजवादका आधारशिला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा नेताहरूको जोड छ ।’ 

बैठकमा प्रचण्डले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सबै केन्द्रीय नेताहरू समेत सहभागी हुने बताए । 

स्थायी कमिटी बैठक शनिबार पनि निरन्तरता  दिइने  प्रवक्ता सापकोटाको भनाइ छ । पुष २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ३ : ५९ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको