एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको ‘आमा, सपना र ताराहरू’ लोकार्पण  | Khabarhub Khabarhub

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको ‘आमा, सपना र ताराहरू’ लोकार्पण 


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा, सपना र ताराहरू’ पुस्तक लोकार्पण भएको छ ।  आज काठमाडौंमा औपचारिक कार्यक्रम गरेर पोखरेलको किताब लोकार्पण भएको हो । 

राजनीतिज्ञ पोख्रेलको पुस्तक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली,लेखक बिन्दु शर्मालगायतले पुस्तक लोकार्पण गरे । 

भण्डारीलाई प्रमुख अतिथि बनाएर पुस्तक लोकार्पण गरेका पोखरेलले यस अगाडि पनि विभिन्न पुस्तकहरू लेखेका छन् । 

०६३ सालमा पूर्वको रातो तारा, ०७२ मा राष्ट्रिय सुरक्षा र नेपाली सेनालगायत पुस्तक  बजारमा ल्याएका छन् । उनी २०१० चैत २५ गते ओखलढुङ्गाको मान्खा गाउँमा जन्मिएका हुन् । 

उनले यो पुस्तकमा ‘आमा, सपना र ताराहरू’को विषयमा लेखेका छन् । आमाको महिमा, आमाका सपना र आमाले भोगेका अनेक दुखको विषयमा पुस्तकमा लेखिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : ३९ बजे

सुनको मूल्य आज पनि स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ

तिब्बतको भूकम्पबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौं– चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको

‘भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको सूचना आएको छैन’

विराटनगर – चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी

काठमाडौं – विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो

सचिनमा देखिएको दुर्लभ रोग अरु बालबालिकामा दोहोरिएला ?

बाल कलाकार सचिन परियारको १३ वर्षको उमेरमा निधन भयो। टिचिङ