पूर्वराष्ट्रपति भण्डारीले गरिन् ईश्वर पोखरेलको प्रशंसा « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले गरिन् ईश्वर पोखरेलको प्रशंसा


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अराजकता, विकृति र विसंगतिलाई रोक्न प्रगतिशील कला संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएकी छन्।

शुक्रबार काठमाडौंमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण ‘आमा, सपना र ताराहरू’ लोकार्पण गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।

सर्जकहरूले आफ्ना सिर्जनामार्फत देश र जनताको सेवामा थप समय खर्चिनुपर्ने खाँचो देखिएको उनले बताइन् ।

भण्डारीले नेपाली राजनीतिक परिवर्तनमा पोखरेलले खेलेको भूमिकाको प्रसंसा गरिन् । त्यस्तै उनले पार्टी वा राजकीय जुनसुकै भूमिकामा भए पनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्नुपर्ने मान्यता पोखरेलमा रहेको बताइन् ।

कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समाजलाई सही रुपमा अघि बढाउन आमाहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले देशलाई सामाजिक अभिभावक आवश्यक परेकोले राजनीतिभन्दा पर बसेर परिवर्तनको नायक बन्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिए ।

राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा रहे पनि राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि रहेको उनले बताए ।

त्यस्तै पुस्तकका लेखक एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले आमाहरूको नायकत्व स्थापीत गर्न आफूहरूको तर्फबाट राजनीतिक हिसाबले कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : ४२ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि