अर्थतन्त्र सुधार गर्न सिबिफिन अध्यक्ष पौडेलका १९ सुझाव | Khabarhub Khabarhub

अर्थतन्त्र सुधार गर्न सिबिफिन अध्यक्ष पौडेलका १९ सुझाव


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थतन्त्र चलायमान बनाउन, बैंक तथा वित्तीय क्षेत्रको अवस्था सुधार गर्न र अर्थतन्त्रमा सुधारको अवस्था ल्याउन नीतिगतदेखि व्यवहारिक थुप्रै काम गर्नुपर्ने बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौडेलले बताएका छन् । 

आज सिबिफिनको साधारणसभामा बोल्दै उनले देशको अर्थतन्त्र इतिहासकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै उनले १९ वटा सुझावहरू बताएका हुन् ।

उनले बैंकिङ क्षेत्रमा देखिएको समस्याका कारण लगानीकर्ताहरू सो क्षेत्रबाट पलायन हुने क्रम समेत देखिएको बताए । 

‘आम लगानीकर्ता, उद्यमी/व्यवसायीहरूमा निराशा छाएको कारण न्यूनतम ब्याजदरमा पर्याप्त तरलता उपलब्ध हुँदा समेत लगानी÷कर्जा विस्तार हुन नसक्दा आर्थिक एवं बैंकिङ गतिविधिहरू सुस्ताएको अवस्था छ, बैंक तथा वित्तीय संस्थाहरूको मुनाफामा अनपेक्षित रूपमा गिरावट आइरहँदा बैंकिङ क्षेत्रका लगानीकर्ताहरू सुरक्षित लगानीका क्षेत्र खोज्दै क्रमशः बाहिरिने कोसिस भइरहेको अनुभूत भइरहेको छ’, उनले भने ।

उनले लागत खर्चमा भएको वृद्धि, मुनाफामा आएको संकुचन, खराब/निष्क्रिय कर्जामा वृद्धि, गैर बैंकिङ सम्पत्तिको बेचबिखनमा सुस्तता, दक्ष जनशक्तिको पलायन लगायतका कारणले समस्या थपिँदै गएको बताए । 

साथै, पछिल्लो समयमा देखिएको समस्याका कारण मुलुकको अर्थतन्त्रले बाटो बिराउने होइन भन्ने भन्ने गम्भीर प्रश्न खडा गरेको भनेको सो विषयलाई अर्थतन्त्रका सरोकारवालाहरूले पनि गम्भीरताका साथ चिन्तन मनन गर्न जरुरी रहेको उनको भनाइ थियो ।

लगानीकर्ताहरूले बैंकको पुँजी वृद्धि गरिसकेको अवस्थामा हाल संसदमा प्रस्तुत बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकले बैंकिङ क्षेत्र मात्र नभई समग्र निजी क्षेत्रमा थप अन्यौलता बढाएको पौडेलले बताएका थिए । बैंकर्स र व्यवसायी बीचको भेद छुट्टयाउने उद्देश्य राखी ल्याइएको उक्त व्यवस्थाहरूले गहिरो मन्दीको मार खेपिरहेको अर्थतन्त्रमा थप गतिरोध देखिने उनले बताए ।

उनले व्यवस्था गरिन लागेको नयाँ प्रावधानले समग्र उद्यम/व्यवसाय क्षेत्र नै धराशायी मात्र बन्दैन, लगानीकर्ता र लगानीलाई पलायन बनाउन थप बल पुग्ने समेत बताएका छन् । 

यी हुन्, पौडेलको नजरमा आर्थिक एवं बैंकिङ क्षेत्रको वर्तमान अवस्थाको चिरफारसहित सुस्ताएका गतिविधि र अर्थतन्त्रलाई चलायमान बनाउने र दिगो आर्थिक एवं बैंकिङ विकासको लागि सम्बोधन हुनुपर्ने विषय :

१. पूँजीगत खर्च प्रणालीमा व्यापक सुधार योजना, नीति तथा कार्यक्रमको कार्यान्वयनको प्रभावकारितामा अभिवृद्धि गरिनुपर्ने,
२. राजस्वको दर भन्दा दायरा अभिवृद्धि गरिनुपर्ने, 
३. निर्माण व्यवसायीहरूको बक्यौता र ब्याजलगायत अन्य सरकारी अनुदान अविलम्ब भुक्तानी गरिनुपर्ने,
४. बैंक तथा वित्तीय संस्थामा वैदेशिक लगानी भित्र्याउनका लागि ल्याउनका लागि आवश्यक नीति तथा वातावरणमा सहजीकरण गरिनुपर्ने, 
५. लगानीको समुचित प्रतिफल पाउने वातावरण सृजना भए मात्र लगानीकर्ताको मनोबल उच्च भई लगानी विस्तारमा सहयोग पुग्ने, 
६. मौजुदा बाफिया विधेयकलाई आमलगानी र व्यवसायमैत्री बनाइनु पर्ने,
७. खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको सुनिश्चितताका लागि कृषि क्षेत्रको आधुनिकरण र व्यवसायीकरण गरिनुपर्ने, आन्तरिक उत्पादनको उपयोग र निर्यातमा विशेष जोड दिइनुपर्ने । साथै, बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा व्यवस्थालाई थप सहजीकरण हुनुपर्ने ।
८. विदेशोन्मूख र विदेशबाट फर्किएको जनशक्तिको सीप र दक्षता बमोजिम रोजगारी पाउने र उद्यमशीलता गर्न पाउने नीति र वातावरण बनाउनुपर्ने,
९. नवप्रवर्तन, युवा तथा महिला उद्यमशीलताको विकास, साना, लघु, घरेलु तथा मझौला उद्योगहरूको स्तरोन्नति जस्ता विषयहरूलाई प्राथमिकता दिनुपर्ने,
१०. राज्यले अवलम्बन गर्ने नीति र कार्यक्रमहरूमा हरित अर्थात् पर्यावरणीय विकास, खाद्य सुरक्षा लगायतका विषयहरूलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने,
११. पुँजी निर्माण तथा परिचालनमा सहयोग पुग्ने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रूपान्तरण हुने व्यवस्थामा सहजीकरण हुनुपर्ने
१२. बैंक तथा वित्तीय संस्था तथा जग्गा व्यवसायीहरूको हकमा जग्गा हदबन्दी नलाग्ने व्यवस्था गरिनुपर्ने 
१३. रेमिट्यान्समा भएको निर्भरता घटाउँदै उत्पादन, रोजगारी र नवप्रवर्तनको विकास एवं विस्तार तथा निर्यात प्रवर्द्धनमा विशेष योजना लागू गरिनुपर्ने ।
१४. सीपलाई सिधै श्रमसँग जोड्ने र श्रमलाई उत्पादनसँग जोड्ने शिक्षाको प्रारूप तयार गरिनुपर्ने । शिक्षा र रोजगारीका लागि बिदेसिन खोजेका जनशक्तिहरूको बीचमा देशभित्र नै केही गर्न सकिन्छ भन्ने भावना र सम्भावनालाई उजागर गर्दै नवप्रवर्तनमा जोड्ने र विदेशिएको जनशक्ति वा विदेशबाट फर्किएको जनशक्तिले आर्जन गरेको सीप र दक्षता बमोजिम कार्य गर्न पाउने अवसर र वातावरण सृजना गरिनुपर्ने ।
१५. दुर्गम, सीमान्तकृत र कमजोर वर्गका बासिन्दाहरूलाई समावेशी र सहभागितामूलक बनाउँदै मूल प्रवाहीकरण गर्ने, राज्यद्वारा प्रदत्त सेवा, सुविधा तथा लाभहरू निजहरूले महसुस गर्ने गरी उपलब्ध गराउनुपर्ने । 
१६. मुलुकलाई दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र भारत बीचको गतिशील साँघु बनाई बाह्य लगानी विस्तार, दिगो बैंकिङ विकासमार्फत सर्वसुलभ बैंकिङ सेवा, औद्योगीकरण, कृषि तथा पर्यटनको व्यवसायीकरण, निर्यात प्रवर्द्धन सहित तीव्र आर्थिक विकास गर्न अति उच्चस्तरीय कार्यदल गठन गरिनुपर्ने ।
१७. बैंक/वित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन, हरित ऋणपत्र, सोसियल/ग्रिन बन्ड लगायत बिक्री गरी वित्तीय साधन जुटाउनका लागि आवश्यक पहल गरिनुपर्ने
१८. बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रदान गर्दा धितोको रूपमा लिएका सबै किसिमका जमानतहरूको व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न आवश्यक कानून बनाई कार्यान्वयन गरिनुपर्ने । कानून बन्न समय लाग्न सक्ने भएकोले नियामकीय व्यवस्थामार्फत अविलम्ब आवश्यक कानून बनाई अगाडि बढ्नुपर्ने,
१९. दुर्गम तथा पिछडिएका स्थानमा शाखा खोल्दा भोग्नुपर्ने विभिन्न कठिनाइका बाबजुद बैङ्किङ पहुँच अभिवृद्धिका लागि योगदान दिने बैंक तथा वित्तीय संस्थाहरू राष्ट्र बैंकद्वारा परिभाषित क्षेत्रमा शाखा खोल्ने बैंक तथा वित्तीय संस्थाको लागत बढी हुने हुँदा प्रोत्साहन स्वरूप मुनाफामा लाग्ने करको दरमा छुट दिने व्यवस्था गरिनुपर्ने ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : १९ बजे

सुशासन र समृद्धिका विषय व्यवहारमा लागू भएनन् : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र समृद्धिका विषय आदर्शका

‘दलित समुदायको उत्थानका लागि ठोस योजना बनाउन जरुरी छ’

मनहरी– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दलित समुदायको उत्थानका लागि राज्यले

मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव

राष्ट्रपति भन्छन्- मानव सेवाभन्दा ठूलो अर्को धर्म छैन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको

नेप्सेको आइटीमा छिद्र : कार्यालयकै कर्मचारीले सेयर बेचेको भेटियो

काठमाडौं– पुँजी बजारको नियामक निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को