क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, १८ घाइते | Khabarhub Khabarhub

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, १८ घाइते


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

लस– अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यसको कारण भने खुल्न सकेको छैन ।

फुलर्टन प्रहरीले एक्समा भनेको छ, ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।’

यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य आठ जनाको घटनास्थलमै उपचार गरिएको छ ।

एक प्रहरी अधिकारीले स्थानीय स्टेशन केटीएलएलाई बताएअनुसार मृतकहरू विमानका यात्रु हुन् वा उनीहरू विमान दुर्घटना भएको भवनमा काम गर्ने कामदार थिए भन्नेबारे तत्काल पुष्टि गर्न नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । 

टेलिभिजन फुटेजमा भवनको छतमा प्वाल परेको र धुवाँ निस्केको देखिएको छ ।

‘एक ठूलो आवाजसहित जहाज भवनमा ठोक्किँदा हामी तर्सियौँ र त्यसपछि भवनबाट भाग्न थाल्यौँ,’घटनास्थलका प्रत्यक्षदर्शी मध्येका एक जेरोम क्रुजले सीबीएस न्यूजलाई बताए । 

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार उक्त विमान एकल इन्जिनमा निर्माण गरिएको आरभी–१० थियो, जुन चार सिट भएको सानो मोडेल थियो ।

गत नोभेम्बरमा फुलर्टन विमानस्थल नजिकै भएको अर्को दुर्घटनामा दुई जना घाइते भएका थिए ।
 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ३० बजे

सुशासन र समृद्धिका विषय व्यवहारमा लागू भएनन् : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र समृद्धिका विषय आदर्शका

‘दलित समुदायको उत्थानका लागि ठोस योजना बनाउन जरुरी छ’

मनहरी– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दलित समुदायको उत्थानका लागि राज्यले

मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक : प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव

राष्ट्रपति भन्छन्- मानव सेवाभन्दा ठूलो अर्को धर्म छैन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको

नेप्सेको आइटीमा छिद्र : कार्यालयकै कर्मचारीले सेयर बेचेको भेटियो

काठमाडौं– पुँजी बजारको नियामक निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को