परिणाममुखी काम गर्न सीडीओ र सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

परिणाममुखी काम गर्न सीडीओ र सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको निर्देशन


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयले आज आयोजना गरेको जिल्ला सुरक्षा समितिसँगको भर्चुअल बैठकमा गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्यूनीकरण चुनौतीका रूपमा रहेको उल्लेख गर्दै सीमित स्रोतसाधनकाबीच गम्भीर भएर काम गर्न निर्देशन दिए ।

‘अहिले चुनौतीका रूपमा देखा परेका तीन वटै विषय एक अर्कासँग सम्बन्धित छन्’, उनले भने, ‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस् ।’ 

सीमामा हुने अपराध, चोरीसिकारी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अपनाउन आग्रहसमेत उनले गरे  ।

मन्त्रालयले कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामहरू अगाडि बढाएको उल्लेख गर्दै मन्त्री लेखकले सोहीअनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए । ‘हामीसँग शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी छ’, उनले भने, ‘विकास, समृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्तिसुरक्षा हुनैपर्छ ।’

गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिने गरी काम गर्न निर्देशन दिए । उनले सेवा प्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन आवश्यक रहेको बताए । उनले विपद् व्यवस्थापनका लागि पूर्व तयारी प्रभावकारी बनाउन पनि निर्देशन दिए । 

‘सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण हटाउने विषयमा जोड दिएर लाग्नुहोस्’, सचिव दुवाडीले भने, ‘जिम्मेवारी र दायरामा रहेर काम गर्नुपर्छ ।’ भर्चुअल बैठकमा देशभरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको सहभागिता थियो । 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : ५४ बजे

स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य  गरेका छौँ : उपप्रधानमन्त्री सिंह

धरान– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र

शिक्षामन्त्रीसमक्ष सम्पत्ति खोजबिन समितिद्वारा प्रतिवेदन पेस

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको

भीम रावलको निष्कासन र दुई नेतृको निलम्बन एमालेद्वारा अनुमोदन

काठमाडौं– आइतबारदेखि सुरु नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकले पूर्वउपाध्यक्ष

अमेरिकी विदेशमन्त्री  ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने 

वासिङ्टन– दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बीच अमेरिकी विदेशमन्त्री एन्टोनी

प्रचण्डको निष्कर्ष : ओली सरकार नाङ्गिन थाल्यो, माओवादीसामु चुनौती र अवसर दुवै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल