सर्वोच्चका अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता माग्दै निवेदन « Khabarhub

सर्वोच्चका अधिकृतले १० लाख घुस लिएको आरोप, पैसा फिर्ता माग्दै निवेदन


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतका एक कर्मचारीले मुद्दा जिताइदिन १० लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएको छ।

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका निवासी सुशीला निरौलाले ती कर्मचारीलाई घुस आरोप लगाएकी हुन् ।

निरौलाले सर्वोच्च अदालत र विभिन्न कर्मचारी संगठनलाई लेखेको पत्रमा आफ्नो दिवंगत पतिको नाममा चलेको मुद्दा जिताइदिने वाचासहित ती कर्मचारिले घुस लिएको उनको जिकिर छ ।

यदि कथंकदाचित मुद्दा हारेमा उक्त घुसको पैसा फिर्ता गरिदिने शर्तमा ती कर्मचारीलाई १० लाख दिएको उनले पत्रमा उल्लेख गरेकी छन् ।

‘मेरा पति स्वर्गी श्री नारदप्रसाद गौतमसमेतको मुद्दाबारे सर्वोच्च अदालतमा कारबाही चलिरहेको अवस्थामा जिताइदिन्छु भन त्यस सेवामा काम गर्ने पुष्कर थापा नामका एक कर्मचारीले म निवेदकबाटमार्फत् अक्षरेपी दश लाख रुपैयाँ फिर्ता दिलाई पाउन फर्मको प्रतिलिपिहरू यसै साथ संलग्न राखेर पठाएकी छु,’ उनले निवेदनमा भनेकी छन् ।

उनले कर्मचारी युनियन, कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठनलाई बोधार्थ दिएकी छन् । यसबारे थापाले आफूलाई केही कर्मचारी संगठनहरूले सोधपुछ गरेको बताउँदै अदालतमै निवेदन आएको थाहा नभएको बताए ।

आफूलाई आरोप लगाउने महिलासँग मुद्दा जिताउने भनेर पैसा नलिएको जिकिर थापाले गरेका छन् । आफूले एकजना चौहान थरका व्यक्तिमार्फत् १३ लाख रुपैयाँ ती महिलाका पतिलाई दिएको र अझै २ लाख रुपैयाँ फिर्ता पाउनै बाँकी बताए ।

ती महिलाले सापटी फिर्ता पठाएको भौचरलाई अहिले प्रमाण देखाएर आफ्नो बदनाम गराउन खोजेको थापाले बताएका छन् । थापाले अहिले आफू सर्वोच्चको फैसला कार्यान्वयन शाखामा कार्यरत रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ७ : ४९ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको