प्रचण्डलाई महेश बर्तौलाले भने- भोलि फेरि कुनै घुम्तीमा भेट हुन सक्छ « Khabarhub

प्रचण्डलाई महेश बर्तौलाले भने- भोलि फेरि कुनै घुम्तीमा भेट हुन सक्छ


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संम्यमित भएर बोल्न सुझाव दिएका छन् ।

उनले आगामी यात्रामा कहिल्यै भेट नहुनेजस्तो गरी अभिव्यक्ति नदिन प्रचण्डलाई आग्रह गरेका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण समारोहमा नेता बर्तौलालले राजनीतिक नेतृत्वले जहिले पनि समाजमा सकारात्मक सन्देश दिनुपर्ने बताए ।

अहिले संसद्को गणितको यथार्थता सरकार बनिरहने र भत्किने रहेको भन्दै उनले यो लोकतन्त्रमा स्वाभाविक भएको बताए ।

मञ्चमा बसेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई इंगित गर्दै उनले पदहरू अस्थायी रहने भएकाले सहिष्णुता बचाएर, देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नु मुख्य रहेको बताए ।

‘यात्राका क्रममा कुनै पनि घुम्तीमा कहिल्यै भेट नहुनेजस्तो गरी अभिव्यक्ति आउने कुराले नेपालको राजनीति सफा हुन खोजिरहेको छैन’, उनले भने, ‘आज हामी सरकारमा छौँ । नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाउँदै गर्दा पनि हामीले यो पक्ष ख्याल गरेका छौँ । नेतृत्व तहबाट पनि त्यही प्रकारको सकारात्मक सन्देश जानेगरी अभिव्यक्ति दिनु राम्रो हुन्छ । भोलि अनेक घुम्तीमा भेट हुनसक्छ भन्ने ख्याल गरेर बोल्नुपर्छ, अगाडि बढ्नुपर्छ।’

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ७ : ५६ बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर