प्रचण्डलाई महेश बर्तौलाले भने- भोलि फेरि कुनै घुम्तीमा भेट हुन सक्छ | Khabarhub Khabarhub

प्रचण्डलाई महेश बर्तौलाले भने- भोलि फेरि कुनै घुम्तीमा भेट हुन सक्छ


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संम्यमित भएर बोल्न सुझाव दिएका छन् ।

उनले आगामी यात्रामा कहिल्यै भेट नहुनेजस्तो गरी अभिव्यक्ति नदिन प्रचण्डलाई आग्रह गरेका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण समारोहमा नेता बर्तौलालले राजनीतिक नेतृत्वले जहिले पनि समाजमा सकारात्मक सन्देश दिनुपर्ने बताए ।

अहिले संसद्को गणितको यथार्थता सरकार बनिरहने र भत्किने रहेको भन्दै उनले यो लोकतन्त्रमा स्वाभाविक भएको बताए ।

मञ्चमा बसेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई इंगित गर्दै उनले पदहरू अस्थायी रहने भएकाले सहिष्णुता बचाएर, देश र जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नु मुख्य रहेको बताए ।

‘यात्राका क्रममा कुनै पनि घुम्तीमा कहिल्यै भेट नहुनेजस्तो गरी अभिव्यक्ति आउने कुराले नेपालको राजनीति सफा हुन खोजिरहेको छैन’, उनले भने, ‘आज हामी सरकारमा छौँ । नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाउँदै गर्दा पनि हामीले यो पक्ष ख्याल गरेका छौँ । नेतृत्व तहबाट पनि त्यही प्रकारको सकारात्मक सन्देश जानेगरी अभिव्यक्ति दिनु राम्रो हुन्छ । भोलि अनेक घुम्तीमा भेट हुनसक्छ भन्ने ख्याल गरेर बोल्नुपर्छ, अगाडि बढ्नुपर्छ।’

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ७ : ५६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका