जीबीले सहकारीबाट ल्याएको पैसाबारे सोध्ने अधिकार रवि र छविलाई थिएन | Khabarhub Khabarhub

इजलासमा वकिलहरूको तर्क

जीबीले सहकारीबाट ल्याएको पैसाबारे सोध्ने अधिकार रवि र छविलाई थिएन


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका आरोपीहरूबारे शुक्रबार तेस्रो दिन पनि जिल्ला अदालत कास्कीमा थुनछेक बहस भएको छ ।

शुक्रबार पूर्वडीआईजी एवम् गोर्खा मिडिया नेट्वर्कका सञ्चालक छविलाल जोशीका कानुन व्यवसयाी र लीला पछाईका कानुन व्यवसायीले बहस गरेका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व पछाईले बहस गरेका छन् । जोशीका तर्फबाट बहस गरेका कानुन व्यवसायीले तीन/चार कुरा उठाएका छन् ।

उनीहरूले यो हद म्याद, सहकारीको ठगी भनेर हल्ला गरिए पनि पुष्टि हुने अभियोग नल्याएको, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कमजोर दाबीसहित अभियोग लगाइएको जिकिर गरेका छन् ।

सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा मुद्दा चलाइएका प्रतिवादी जोशीको तर्फबाट उनका कानुन व्यवसायीहरूले प्रतिरक्षाका क्रममा गोर्खा मिडियामा जीबी राईले सहकारीबाट पैसा लगेको थाहा नभएको तर्क गरेका छन् ।

‘रवि लामिछाने र छविले गितेन्द्रबाबु राई (जीबी) लाई कुन स्रोतबाट पैसा ल्यायौ भनेर सोध्न मिल्ने आधार विद्यमान कानुनमा छैन,’ उनीहरूले बहसका क्रममा भनेका छन्, ‘त्यसको स्रोत खोज्नुपर्ने मूल व्यक्ति लेखा परीक्षक हुन्, त्यसैले उनीविरुद्ध अभियोजन गरिनुपर्ने थियो ।’

स्रोतबारे थाहा पाउनुपर्ने कानुनी आधार नहुँदा-नहुँदै अभियोग लगाउनुलाई उनीहरूले प्रतिशोध भनेका छन् ।

‘छविलालले सहकारीबाट पैसा लिएको कुनै तथ्य भेटिएको छैन,’ अधिवक्ताहरूले बहसका क्रममा भने, ‘एक रुपैयाँ पनि नलिएको मान्छेलाई सम्पत्ति शुद्धीकरण अभियोग कसरी लगाइयो? यो त हाँस्यास्पद भयो।’

रवि र छविले गरेका कारोबारका आधारमा सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको बताउँदै उनीहरूले तर सम्पत्ति बढे-नबढेको कुरा पनि अनुसन्धानका क्रममा नखोजिएको, नहेरिएको जिकिर गरेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, गोर्खा मिडियामा उनका पूर्वसाझेदार जोशीसहित ८ वटा कम्पनीसहित ६३ जनालाई मुद्दा चलाइएको छ ।

यस सहकारीबाट एक अर्ब ५१ करोड रुपैयाँ अपचलन गरिएको अभियोग उनीहरूमाथि लगाइएको छ ।

अहिलेसम्म यस सहकारी ठगी प्रकरणमा पक्राउ परेका कुमार रम्तेल, कैलाशकुमार दर्लामी, शिवबहादुर गुरुङ कास्की कारागारमा छन् । त्यही आधारमा छवि र रविलाई पनि पुर्पक्षमा पठाउनुपर्ने आधार नभएको बहसमा उत्रिएका कानुन व्यवसायीले भने ।

सूर्यदर्शन सहकारीको बचत रकम ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा रविसहित सातजनासँग बयान भइसकेको छ ।

बयान सकिएपछि थुनछेक बहस जारी छ । अब आइतबार रविकोतर्फबाट थुनछेक बहस उनका कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

कास्की अदालतका स्रेस्तेदार राजन खनालले शुक्रबार पनि छविको थुनछेक बहस नसकिएको बताए । आइतबार छविको पक्षमा बहस अघि बढेपछि रविको पालो आउनेछ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ८ : १९ बजे

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना,

सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा उपचार गर्ने

लिङदेन नेतृत्व असफल भएको राप्रपा शीर्ष नेताको निष्कर्ष, पूर्वराजा पनि असन्तुष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व

२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार

क्याम्पस प्रमुखको दौडमा रहेका प्राध्यापकलाई ‘बौद्धिक चोरी’ आरोप

काठमाडौं- सानोठिमी क्याम्पसक प्रमुखको दौडमा रहेका एकजना प्राध्यापकलाई बौद्धिक चोरीको