शिक्षक माग गर्दै भैरहवामा विद्यार्थी आन्दोलित « Khabarhub

शिक्षक माग गर्दै भैरहवामा विद्यार्थी आन्दोलित


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

भैरहवा – शैक्षिक सत्र सुरु भएदेखि नै गणित र विज्ञान विषयको शिक्षक नभएको भन्दै यहाँको रोहिणी गाउँपालिका–४ तरकुलहास्थित नवजीवन आधारभूत विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

वार्षिक परीक्षा आउनै लाग्दा समेत ती दुई विषयको शिक्षक नभएकाले विद्यार्थीहरुले आज प्रधानाध्यापकलाई कार्यालयमै केही समय थुने र  गाउँपालिका विरुद्ध नाराबाजी गरे ।

कक्षा ६, ७ र ८ का विद्यार्थीहरु हाल गणित र विज्ञान विषयको परीक्षा कसरी दिने भन्नेमा चिन्तित छन् । विद्यार्थी लक्ष्मण गुप्ताले परीक्षा नजिकिँदै जाँदा तनाव भएको बताए ।

‘विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र स्थानीय सरकारबीच अस्वस्थ राजनीतिको मारमा हामी परेका छौँ’, उनले भने, ‘हामीले  अहिलेसम्म जेनतेन स्वअध्ययन गर्दै आएका छौँ, परीक्षा नजिकिँदै गर्दा स्थानीय सरकार शिक्षक पठाउन गम्भीर नभएकाले आन्दोलित हुनुपरेको हो ।’

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु घिमिरेका अनुसार शिक्षक रिक्त भएपछि नयाँ नियुक्त गर्न सकिएको छैन । सरुवा भइ आउन विज्ञापन गरेपनि शिक्षक ल्याउन नसकिएको हो ।

‘सुरुमा एक शिक्षक आउन खोज्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिले फाइल अगाडि बढाएन’, घिमिरेले भने, ‘पछि गङ्गाराम यादवको नाम आए पनि त्यसको फाइल हालसम्म अगाडि बढ्न सकेको छैन ।’ उनले पनि राजनीतिक खिचातानीको मारमा विद्यार्थीहरुमा परेको स्वीकारे ।

उनका अनुसार अब जो शिक्षक आए पनि पाठ्यक्रम पूरा हुन नसक्ने भएकाले विद्यार्थीहरु स्वअध्ययनकै भरमा परीक्षा दिनुपर्नेछ । उक्त विद्यालयका प्रधानाध्यापक जनार्दन यादवले विज्ञान र गणित विषयको उत्तर पुस्तिका जाँच गर्ने शिक्षक नभएको बताए ।

‘रामनरेश माध्यमिक विद्यालयबाट एक शिक्षक काज सरुवा भएर आउनुभएको थियो । कात्तिक ६ गतेबाट उहाँ सोही विद्यालय फर्किनुभयो‘, प्रअ यादवले भने, ‘उहाँका सट्टामा आउनुपर्ने शिक्षक नआउँदा सो विषयको अध्यापन अनिश्चित बनेको हो ।’ रासस

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : ११ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा