शिक्षक माग गर्दै भैरहवामा विद्यार्थी आन्दोलित | Khabarhub Khabarhub

शिक्षक माग गर्दै भैरहवामा विद्यार्थी आन्दोलित


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

भैरहवा – शैक्षिक सत्र सुरु भएदेखि नै गणित र विज्ञान विषयको शिक्षक नभएको भन्दै यहाँको रोहिणी गाउँपालिका–४ तरकुलहास्थित नवजीवन आधारभूत विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

वार्षिक परीक्षा आउनै लाग्दा समेत ती दुई विषयको शिक्षक नभएकाले विद्यार्थीहरुले आज प्रधानाध्यापकलाई कार्यालयमै केही समय थुने र  गाउँपालिका विरुद्ध नाराबाजी गरे ।

कक्षा ६, ७ र ८ का विद्यार्थीहरु हाल गणित र विज्ञान विषयको परीक्षा कसरी दिने भन्नेमा चिन्तित छन् । विद्यार्थी लक्ष्मण गुप्ताले परीक्षा नजिकिँदै जाँदा तनाव भएको बताए ।

‘विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र स्थानीय सरकारबीच अस्वस्थ राजनीतिको मारमा हामी परेका छौँ’, उनले भने, ‘हामीले  अहिलेसम्म जेनतेन स्वअध्ययन गर्दै आएका छौँ, परीक्षा नजिकिँदै गर्दा स्थानीय सरकार शिक्षक पठाउन गम्भीर नभएकाले आन्दोलित हुनुपरेको हो ।’

गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु घिमिरेका अनुसार शिक्षक रिक्त भएपछि नयाँ नियुक्त गर्न सकिएको छैन । सरुवा भइ आउन विज्ञापन गरेपनि शिक्षक ल्याउन नसकिएको हो ।

‘सुरुमा एक शिक्षक आउन खोज्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिले फाइल अगाडि बढाएन’, घिमिरेले भने, ‘पछि गङ्गाराम यादवको नाम आए पनि त्यसको फाइल हालसम्म अगाडि बढ्न सकेको छैन ।’ उनले पनि राजनीतिक खिचातानीको मारमा विद्यार्थीहरुमा परेको स्वीकारे ।

उनका अनुसार अब जो शिक्षक आए पनि पाठ्यक्रम पूरा हुन नसक्ने भएकाले विद्यार्थीहरु स्वअध्ययनकै भरमा परीक्षा दिनुपर्नेछ । उक्त विद्यालयका प्रधानाध्यापक जनार्दन यादवले विज्ञान र गणित विषयको उत्तर पुस्तिका जाँच गर्ने शिक्षक नभएको बताए ।

‘रामनरेश माध्यमिक विद्यालयबाट एक शिक्षक काज सरुवा भएर आउनुभएको थियो । कात्तिक ६ गतेबाट उहाँ सोही विद्यालय फर्किनुभयो‘, प्रअ यादवले भने, ‘उहाँका सट्टामा आउनुपर्ने शिक्षक नआउँदा सो विषयको अध्यापन अनिश्चित बनेको हो ।’ रासस

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : ११ बजे

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५

सरकारले कामको गति बढाउन जरूरी छः महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कामको गति

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा

गुल्मीको अग्लुङ–प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

काठमाडौं – गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका