इन्डोनेसियामा ३३ वर्ष यताकै बढी गर्मी « Khabarhub

इन्डोनेसियामा ३३ वर्ष यताकै बढी गर्मी


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डोनेसियाले सन् २०२४ मा ३३ वर्ष यताकै तातो वर्ष अनुभव गरेको देशको मौसम एजेन्सीले जनाएको छ ।

इन्डोनेसिया अझै पनि जीवाश्म ईन्धन उर्जामा अत्यधिक निर्भर छ । यसलाई वैज्ञानिकहरूले विश्व तापमान वृद्धिको प्रमुख कारण भनेका छन् ।

देशको मौसम विज्ञान जलवायु विज्ञान तथा जियोफिजिक्स एजेन्सी (बीएमकेजी) ले शुक्रबार आफ्नो वेबसाइटमा सन् २०२४ मा औसत हावाको तापमान २७.५ डिग्री सेल्सियस (८१.५ फरेनहाइट) रहेको जनाएको छ ।

सन् १९९१ तथा सन् २०२० बीचको तुलनामा लगभग ०.८ डिग्री सेल्सियस बढी रहेको बताएको छ । हालसम्म देशभरका ११३ वटा अनुगमन पोष्टबाट तथ्याङ्क प्राप्त भएको छ ।

संयुक्त राष्ट्रसङ्घले सोमबार सन् २०२४ लाई विश्वभरकै सबैभन्दा तातो वर्ष बताएको छ । साथै, चीन र भारत दुवैले यो वर्ष आफ्नो दशककै सबैभन्दा तातो वर्ष भएको बताएका छन् ।

इन्डोनेसियामा गत वर्षको अप्रिल चार दशकभन्दा बढी यताकै सबैभन्दा तातो थियो ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : १८ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला