पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर « Khabarhub

पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले देशमा दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय नगएको बताउँदै मुस्लिम राष्ट्रहरूले बालिकाहरूको शिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

इस्लामाबादमा दुई दिने ‘मुस्लिम समुदायमा बालिका शिक्षा : चुनौती र अवसर’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बालिकालाई शिक्षामा समान पहुँच प्रदान गर्न मुस्लिम विश्वले सामना गर्ने महत्त्वपूर्ण अवरोधहरूलाई स्वीकार गरे ।

प्रधानमन्त्री शरिफले आगामी दशकमा लाखौँ युवा बालिकाहरू श्रमशक्तिमा प्रवेश गर्ने भन्दै उनीहरूले आफू र आफ्नो परिवारलाई गरिबीबाट माथि उठाउन मात्र नभई विश्व अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने सम्भावनामा जोड दिए ।

पाकिस्तानको कूल जनसङ्ख्याको आधाभन्दा बढी महिला भए पनि महिला साक्षरता दर ४९ प्रतिशत मात्र रहेको उनले जानकारी दिए । पाँचदेखि १६ वर्ष उमेर समूहका करिब दुई करोड २८ लाख बालबालिका विद्यालय बाहिर रहेको र बालिकाहरूको सङ्ख्या असमान रहेको पनि उनले उल्लेख गरे ।

“बालिकाहरूलाई शिक्षाबाट वञ्चित गर्नु भनेको उनीहरूको आवाज र छनोटबाट वञ्चित गर्नु हो र उज्ज्वल भविष्यको अधिकारबाट वञ्चित गर्नु हो”, डनले प्रधानमन्त्री शरिफलाई उद्धृत गर्दै भनेको छ । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईसहित मुस्लिम बहुल देशका धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।

मलालाले सम्मेलनमा विश्व नेताहरूसँग सहभागी हुन पाउँदा उत्साहित रहेको बताउँदै एक्समा आइतबार बालिकाहरूको शिक्षाको अधिकार संरक्षणको महत्त्व र तालिबानले अफगान महिला तथा बालिकाहरूप्रति गरेको व्यवहारका लागि जिम्मेवार ठह¥याउनुपर्ने विषयमा बोल्नुहुने बताएका छन् ।

“म विश्वभरका मुस्लिम नेताहरूसँग बालिका शिक्षाको महत्त्वपूर्ण सम्मेलनमा सहभागी हुन उत्साहित छु… आइतबार म सबै बालिकाहरूको विद्यालय जाने अधिकारको संरक्षणका बारेमा र नेताहरूले अफगान महिला र बालिकाहरूविरुद्धको अपराधका लागि तालिबानलाई किन जिम्मेवार ठह¥याउनुपर्छ भन्ने विषयमा बोल्नेछु”, उनले एक्समा लेखेका छन् ।

बुधबार पाकिस्तान विदेश कार्यालयको वक्तव्यलाई उद्धृत गर्दै डनले जनाएअनुसार शिक्षामार्फत बालिकाहरूलाई सशक्त बनाउन मुस्लिम देशहरूको साझा प्रतिबद्धता उल्लेख गरिएको इस्लामाबाद घोषणापत्र हस्ताक्षर गरी सम्मेलन समापन हुनेछ ।

प्रधानमन्त्री शरीफले यो घोषणापत्र उम्माह (मुस्लिम समुदाय)को सामूहिक लक्ष्यको रूपमा संयुक्त राष्ट्रसङ्घ र सुरक्षा परिषद्समक्ष पेस गरिने बताए । प्रतिनिधिहरूले विश्वभर बालिका शिक्षा अघि बढाउने प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय साझेदारी सम्झौतामा पनि हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  २ : १५ बजे

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो