जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने « Khabarhub

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने छ ।

शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको सङ्गठनात्मक कार्यदिशाबारे  छलफल भइरहेको छ ।

यस्तै, करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समीक्षासमेत भइरहेको छ ।

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी सङ्गठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो ।

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारी अनुसार आआफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिए अनुसार रिपोर्टहरू प्रस्तुत भइरहेको बताइएको छ ।

मधेश केन्द्रित दलहरू संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ७ : ५८ बजे

खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली झन्

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको

स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

काठमाडौं– सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने तथा दिगो विकास

वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गरिने 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने

साफ महिला क्लब च्याम्पियनसिप : फाइनलमा एपीएफ र इस्ट बंगालबीच प्रतिष्पर्धा हुने

काठमाडौं– साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा शनिबार एपीएफ फुटबल क्लब