सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति यादव | Khabarhub Khabarhub

सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति यादव


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार चाडपर्वमा विविधता रहेको उल्लेख गर्दै गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहुवेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गरेका छन् ।

उपराष्ट्रपति यादवले भनेका छन्, ‘वसन्त पञ्चमी पर्व माता सरस्वतीको आविर्भाव दिवसका रुपमा पनि मनाइन्छ, श्रीपञ्चमीका रुपमा मनाइने यो पर्व किसानसँग पनि जोडिएको छ, मधेशमा यस अवसरमा हलोको पूजा गर्ने र खेतिकिसानीमा सहयोग गर्नेहरूलाई सम्मान गर्ने परम्परा छ, यसले मौलिक संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्दछ ।’

पछिल्लो समय सार्वजनिक पूजा पञ्डालहरुमा सरस्वती देवीको माटोको प्रतिमाहरू स्थापना गरी सामूहिक पूजाअर्चना गर्ने संस्कृति र परम्परा लोकप्रिय हुँदै गर्दा उनले  यसले ‘सामूहिकतामा एकता’ को मूल मर्मलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरे ।

श्रीपञ्चमीको अवसरमा विद्या, ज्ञान, बुद्धि, कला र सङ्गीतको प्रतीकका रुपमा देवी सरस्वतीको पूजाअर्चना गर्ने हिन्दु विधान र पौराणिक परम्परा रही आएको छ । शैक्षिक संस्थाहरूले नृत्य, गीत–सङ्गीतको विशेष आयोजना गर्दै विद्याको अधिष्ठात्री सरस्वती देवीको पूजाअर्चना गर्छन् ।

यस अवसरमा किताब, कलम, कपी, वाद्य उपकरण आदिको पूजा गर्ने परम्परा पनि छ । यसले विद्या र सङ्गीत साधनामा प्रयोग हुने सामग्रीहरूलाई सबैले सम्मान गर्न सक्नु पर्दछ भन्ने सन्देश दिन्छ । आजको दिन अभिभावकहरूले आआफ्ना बालबालिकाहरूलाई विद्या अध्ययन प्रारम्भ (अक्षरारम्भ) पनि गराउने गर्दछन् । 

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ४७ बजे

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र