इंग्ल्याण्डविरुद्धको टी-२० शृङ्खलामा भारतको पराकिलो जित : अभिषेकले बनाए १३५ रन « Khabarhub

इंग्ल्याण्डविरुद्धको टी-२० शृङ्खलामा भारतको पराकिलो जित : अभिषेकले बनाए १३५ रन


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तिम तथा पाँचौँ टी-२० खेलमा भारतले इंग्ल्याण्डलाई १५० रनले हराएको छ। आइतबार राति भएको खेलमा भारतले दिएको २४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ११ औँ ओभरको तेस्रो बलमा अन्तिम विकेट गुमाउँदै ९७ रनमा सीमित भएको हो।

इङ्गल्यान्डका लागि फिल साल्टले २३ बलमा ५५ रनको योगदान गरे। पार्ट टाइम बलर शिवं दुबेको बलमा आउट हुनु अघि उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए।

चोटबाट फर्किएका मोहम्मद सामीले ३ विकेट लिए भने दुबेको साथमा अभिषेक शर्मा र वरुण चक्रवर्तीले समान दुईदुई विकेट लिए।

यस अघि भारतले अभिषेक शर्माको १३५ रनको सहयोगमा ९ विकेटको क्षतिमा २४७ रनको विशाल योगफल खडा गरेको थियो। १८ औँ ओभरको अन्तिम बलमा अदिल रसिदको बलमा आउट हुनु अघि उनले ५४ बलको सामना गर्दै ७ चौका र १३ छक्का प्रहार गरेका थिए। उनी खेलका म्यान अफ द म्याच घोषित भए।

श्रङ्खला भारतले ४-१ ले जितेको छ। यस शृङ्खलामा वरुण चक्रवर्ती म्यान अफ द सिरिज घोषित भए।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ९ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै