इलोन मस्कले ‘आपराधिक संगठन’ भनेपछि संकटमा युएसएआईडी, नेपालमा सञ्चालित अर्बौँका परियोजनामा संकटको बादल | Khabarhub Khabarhub

इलोन मस्कले ‘आपराधिक संगठन’ भनेपछि संकटमा युएसएआईडी, नेपालमा सञ्चालित अर्बौँका परियोजनामा संकटको बादल


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी खर्बपति इलोन मस्कले युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसआईडी) लाई आपराधिक संगठनको संज्ञा दिएका छन् ।

उनले भने, ‘यसको अन्त्य हुन समय आइसकेको छ ।’ आफ्नै स्वामित्वको सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै उनले भनेका छन् ‘युएसएआईडी एक आपराधिक संगठन हो। यसको अन्त्य हुने समय आइसकेको छ।’

उनले यो विवादित भनाइ एक पोस्टलाई क्वेट रिप्लाईका क्रममा सार्वजनिक गरेका हुन् । युएसएआईडीका वरिष्ठ अधिकारीले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डीओजीई) का अधिकारीलाई एजेन्सीको प्रणालीसम्म पहुँच दिने कुरामा रोक्ने कोशिशलाई लिएर छुट्टीमा पठाएपछि मस्कको यो भनाइ आएको हो ।

मस्क त्यतिमै रोकिएका छैनन्। सोमबार फेरि अर्को ट्विटमा उनले युएसएआईडीलाई कुनै हालतमा बन्द गरिनुपर्ने बताएका छन् । उनले एकजना युजरको ट्विट रिट्विटका क्रममा युएसएआईडीबाट दिइने अनुदान रोक्नै पर्ने बताएका छन् ।

‘युएसएआईडीबाट बाँडिने अनुदान रोक्ने कुरामा पूरै समर्थन गर्छु। हामीलाई घृणा गर्ने देशहरूलाई डलर दिन बन्द गर्नुहोस्’, उक्त ट्विटमा भनिएको छ ।

मस्कको यो भनाइ यस्तो समयमा आएको छ, जुन बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक स्वतन्त्र संघीय एजेन्सीका रुपमा कायम युएसएआईडीको हैसियत खोस्ने तयारी गरिरहेका छन् । युएसएआईडीलाई उक्त हैसियत खोसेर ट्रम्पले विदेश विभागमा गाभ्न चाहेका छन् ।

सीएनएनको एक रिपोर्टअनुसार व्हाइट हाउसमा नीतिका लागि उपप्रमुख स्टिफन मिलरले युएसएआईडीका अधिकांश कर्मचारी डेमोक्रेट भएको आरोप लगाएका छन् । सीएनएनको समाचार अनुसार यही विवादबीच युएसएआईडीका दुई शीर्ष वरिष्ठ अधिकारीलाई शनिबार राति प्रशासनिक छुट्टीमा पठाइएको छ ।

उनीहरू दुवैले डीओजीईका अधिकारीलाई एजेन्सीको प्रणालीमा पहुँच दिन नमानेको खुलेको छ । त्यसपछि डीओजीई अधिकारी कानुनी कारबाहीको धम्की दिएका थिए । समाचार अनुसार डीओजीईका कर्मचारीले वासिङ्टनस्थित युएसएआईडी मुख्यालयसम्म पहुँच बनाउने प्रयास गरेका थिए ।

तर उनीहरूलाई युएसएआईडीको प्रणालीसम्म पहुँच दिन अधिकारीहरूले मानेनन् । डीओजीई अधिकारीहरूले भित्रसम्म जाने अनुमति मागे पनि नमिलेपछि युएस मार्शल बोलाउने चेतावनी दिएका थिए । डीओजीईकर्मी युएसएआईडीको सुरक्षा प्रणाली र व्यक्तिगत फाइलसम्म पहुँच राख्न चाहन्थे ।

सीएनएनका अनुसार सुरक्षासँग जोडिएका विवरणका लागि डीओजीई अधिकारीहरू जान्ने कोशिशमा थिए । यो विवादबीच डीओजीई अधिकारीलाई अन्ततः मुख्यालयसम्म पहुँचको अनुमति दिइयो । यो घटना अमेरिकी एजेन्सीहरूबीचको नयाँ टकराव हो । डीओजीई खर्च कम गर्ने उद्देश्यसहित संघीय सरकारको नीति कार्यान्वयनको कोशिशमा छ । आइतबार अमेरिकी सिनेटर जिन शाहिनले उचित अनुमतिबिना युएसएआईडीको कार्यालयका साथै अमेरिकी नागरिकको व्यक्तिगत जानकारीसम्म पहुँच बनाइने कुरा अविश्वसनीय रूपमा गम्भीर रहेको बताएका छन् ।

२० जनवरीमा अमेरिकी राष्ट्रपतिका रूपमा शपथ लिएको केही समयपछि डोनाल्ड ट्रम्पले ९० दिनका लागि सबै विदेशी सहायतामा रोक लगाएका थिए । एक कार्यकारी आदेश जारी गरेर उनले रोक लगाउँदा विश्वभर दिइने अनुदान पनि ठप्प भएको थियो ।

युएसएआईडीका सुरक्षा निर्देशक जोन वुरहिस र उनका उपप्रमुख ती दर्जनौँ युएसएआईडी अधिकारीमा पर्छन् जसलाई यस आशंकाबीच छुट्टीमा पठाइएको छ। अब युएसएआईडीलाई नै बन्द गर्ने दिशातिर ट्रम्प प्रशासन लागेको शंका भइरहेको छ। डेमोक्रेटिक सांसदले भने कांग्रेससँग परामर्शबिना ट्रम्पद्वारा एकतर्फी संघीय एजेन्सीलाई समाप्त गर्नु अवैध हुने बताएका छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको प्रशासनले सन् १९६१ मा युएसएआईडी स्थापना गरेको थियो । यो अमेरिकी सरकारको मानवीय शाखा हो, जसले गरिबी कम गर्न, बिरामीको उपचार र प्राकृतिक विपद्मा साथ दिन बर्सेनि विश्वभर अर्बौँ डलर वितरण गर्छ ।

संकटमा युएसएआईडीका २१ कार्यक्रम

यसअघि ट्रम्पको कार्यकारी आदेशसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीअन्तर्गत चलिरहेका २१ कार्यक्रम रोकिएका छन् । अब मस्कले पनि सार्वजनिक रुपमा युएसएआईडीलाई घेरेपछि उक्त संस्थामार्फत् नेपालमा हुने लगानी करिब बन्द हुने अवस्था आएको छ ।

जसको लागत १७ करोड ८१ लाख ४० हजार अमेरिकी डलर अर्थात् करि २४ अर्ब ४ करोड ८९ लाख रुपैयाँ बराबर छ । काठमाडौंस्थित युएसएआईडी कार्यालयले नेपालका साझेदार संस्थाहरूलाई यसअघि पत्र पठाएर अबको तीन महिना तलबभत्ताबाहेक अरु कार्यक्रम कार्यान्वयन नगर्न भनिसकेको छ।

नेपालमा असर

ट्रम्पले युएसएआईडीलाई नै समाप्त गर्नेतिर अघि बढिरहँदा नेपालमा पनि ठूलो मात्रामा अनुदान रोकिने निश्चित भएको छ। नेपाल मात्रै झन्डै पौने तीन खर्बका परियोजना धरापमा परेका छन् ।

ट्रम्पको कार्यकारी आदेश र उनका निकट सहयोगी मस्कको टिप्पणीका कारण नेपालमा युएसएआईडीमार्फत् सञ्चालित २ खर्ब ६६ अर्ब रुपैयाँ लागत बराबरका ७० परियोजना बन्द हुने अवस्था आएको छ।

अर्थमन्त्रालयद्वारा सन् २०२२ मा प्रकाशित डिभलपमेन्ट को-अपरेशन रिपोर्टअनुसार द्विपक्षीय दातामध्ये अमेरिका सबैभन्दा ठूलो अनुदान सहायता प्रदायक देश हो । नेपालमा यी परियोजना सन् २०११ देखि हालसम्म चलिरहेका छन्।

यिनमा सरकारद्वारा सञ्चालित र गैरसरकारी संस्थाहरूमार्फत् सञ्चालित परियोजना समावेश छन्। वैदेशिक सहायतामा अनुदानभित्रै नगद अनुदान, प्राविधिक सहायता अनुदान र वस्तुगत सहायता अनुदान पर्छन्। ट्रम्पको नयाँ कार्यकारी आदेश र मस्कको आक्रोशका कारण नेपालमा पनि सञ्चालित युएसएआईडीका परियोजना झन् धरापमा परेका छन्।

समाचारअनुसार सबैभन्दा धेरै स्वास्थ्यका १२ , कृषि र वन क्षेत्रका १०, परिवार तथा शिशु कल्याण क्षेत्रका ७, शिक्षा र आर्थिक मामिला क्षेत्रका ६/६ कार्यक्रम प्रभावित भएका छन् । जम्मा ६७ वटा परियोजना/कार्यक्रमहरू अफ बजेट अर्थात् सरकारको बजेट प्रणालीमा नसमेटी एनजीओ/आईएनजीओ र सरकारी एजेन्सीमार्फत् चलेका थिए ।

रोकिने परियोजना

सरकार-सरकार सार्वजनिक वित्तीय व्यवस्थापन जोखिम मूल्यांकन युएसएआईडी जलवायु सहनशीलता नगरपालिका सेवाहरू र अमेरिका-नेपाल जैविक युएसएआईडी कृषि उच्च शिक्षा
युएसएआईडी जैविक विविधता
युएसएआईडी नागरिक समाज र मिडिया
युएसएआईडी शिक्षा, समानता र समावेशीकरण
युएसएआईडी खाद्य सुरक्षा अनुगमन
युएसएआईडी स्थानीयकरण सहयोग
युएसएआईडी विश्वव्यापी स्वास्थ्य सुरक्षा गतिविधि
युएसएआईडी विकासको लागि सिकाइ
फिड द फ्युचर नेपाल यूएसएआइडी पोल्ट्री साझेदारी
फिड द फ्युचर यूएसएआइडी नेपाली चिया साझेदारी
युएसएआईडी हाम्रो सम्मान दोस्रो
युएसएआईडी स्थानीय कार्य सहयोग
युएसएआईडी दाल सवलीकरण
विविधता संरक्षण साझेदारी
युएसएआईडी कृषि परियोजना
युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन (दिगो वित्त)
युएसएआईडी व्यापार र प्रतिस्पर्धा (उद्यम नेपाल)
युएसएआईडी एकीकृत पोषण
युएसएआईडी नेपाल इन्जिनियरिङ सेवाहरू
युएसएआईडी स्वच्छ हावा कार्यक्रम
युएसएआईडी प्रारम्भिक कक्षामा सिकाई

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  २ : १८ बजे

जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने 

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिमा १० जना

माओवादी बैठक : यी हुन प्रदेशगत इन्चार्जहरू 

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन गरेको छ ।

थाइल्यान्डले नेदरल्यान्ड्सलाई हरायो

काठमाडौं– राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले

बाँकेमा ३६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

नेपालगञ्ज– बाँकेमा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको

माओवादी पदाधिकारी बैठक, पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको हैसियतमा सहभागी

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल