मस्कोमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार घाइते « Khabarhub

मस्कोमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार घाइते


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसको राजधानी मस्कोको एक अत्याधुनिक आवासीय भवनमा सोमबार भएको विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन् ।

रूसी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा पूर्वी युक्रेनका एक पूर्व बक्सिङ अधिकारी आर्मेन सार्किसियन पनि घाइते भएको बताइएको छ । सार्किसियनले किएभविरुद्ध लड्न बटालियन स्थापना गरेका थिए । 

युक्रेनविरुद्ध पूर्ण आक्रमण सुरु गरेदेखि नै रुसमा हत्या र रहस्यमयी विस्फोटका शृङ्खलाबद्ध आक्रमण भइरहेका छन् ।

‘विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्’, स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै रूसी समाचार संस्था तासले जनाकारी गराएको छ, ‘घाइतेको अवस्था गम्भीर छ।’

युक्रेनको पूर्वी सहर गोर्लिभ्कामा पृथकतावादी बक्सिङ महासङ्घका प्रमुख सार्किसियनको विस्फोटमा परी मृत्यु भएको रुसी सञ्चारमाध्यमले सुरुमा बताए पनि उहाँ घाइते अवस्थामा रहेको बताइएको छ । 

इन्टरफ्याक्स समाचार एजेन्सीले कानुन कार्यान्वयन गर्ने स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘सार्किसियन अस्पताल भर्ना भएका छन् । उनको अवस्था अत्यन्तै गम्भीर देखिएको छ।’

रिया नोभोस्ती समाचार संस्थाले आपत्कालीन सेवाका अधिकारीलाई उद्धृत गर्दै ‘विष्फोटक उपकरण’ विस्फोट भएको पुष्टि गरेको छ । रूसी सञ्चारमाध्यमका अनुसार सार्किसियनले सन् २०२२ मा युक्रेनविरूद्ध लड्नका लागि बटालियन स्थापना गरेका थिए ।

समाचार एजेन्सीहरूले उत्तर–पश्चिम मस्कोमा भवनको प्रवेशद्वाराबाट लिएको श्रव्य दृश्यमा एउटा व्यापक क्षतिग्रस्त हल, भाँचिएको ढोका र फुटेका सिसा देखाइएको छ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : ३६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा