जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने  « Khabarhub

जसपाले केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने 


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने भएको छ । शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरू भएको बैठकमा १० जना थप केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने प्रस्ताव भएको छ। 

तर, जारी बैठकमा सैद्धान्तिक सहमति जुटाएर केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी सो प्रस्ताव पेस भएको हो । हाल कार्यकारिणी सदस्यको सङ्ख्या ३१ रहेको छ । यो बैठकबाट प्रस्ताव अनुमोदन भएमा ४१ सदस्सीय हुनेछ ।

साथै, जारी बैठकमा पार्टीको केन्द्रीय विभाग तथा सल्लाहकार समितिलाई पूर्णता दिइने, आगामी संगठनात्मक, राजनीतिक कार्यक्रम तथा कार्य योजनामा छलफल चलिरहेको जनाइएको छ ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक विषयसहित पार्टीको संगठनात्मक कार्यदिशाबारे  छलफल भइरहेको छ । साथै, करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समीक्षासमेत भइरहेको छ ।

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो। 

कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको जिम्मेवारी अनुसार आ-आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिए अनुसार रिपोर्टहरू प्रस्तुत भइरहेका छन् ।

शनिवार र आइतबार बोली नभ्याएका केन्द्रीय कार्यकारिणी समितिका बाँकी नेताहरूले अहिले धारणा राखिरहेका छन् । साथै, मधेश केन्द्रित दलहरू संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ४ : ३४ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित