तत्काल लोकतन्त्र पुनर्बहाली गर्न बङ्गलादेशलाई ह्युमन राइट्स वाचको आग्रह « Khabarhub

तत्काल लोकतन्त्र पुनर्बहाली गर्न बङ्गलादेशलाई ह्युमन राइट्स वाचको आग्रह


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले तत्काल लोकतन्त्र पुनर्बहाली गर्न बङ्गलादेशको अन्तरिम सरकारलाई आग्रह गरेको छ । ५० पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै ह्युमन राइट्स वाचले बङ्गलादेशको अन्तरिम सरकारलाई यस्तो आग्रह गरेको हो ।

बङ्गलादेशमा गैरन्यायिक पक्राउ र बदला लिने नियतले हुने हिंसा अझै पनि नरोकिएकाले लोकतन्त्रको पुनर्बहाली अत्यावश्यक रहेको ह्युमन राइट्स वाचको भनाइ छ । संस्थाले शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा संरचनागत सुधारको आवश्यकता पनि औँल्याएको छ ।

ह्युमन राइट्स वाचले बङ्गलादेशमा संस्थागत उत्तरदायित्वलाई दिगो बनाउन तत्काल संरचनागत सुधारको खाँचो रहेको जनाएको छ । 

पूर्वप्रधानमन्त्री शेख हसिनाको बर्हिगमनसँगै मोहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशको अन्तरिम सरकारले धार्मिक अल्पसङ्ख्यकलाई लक्षित गरी हुँदै आएका हिंसा रोक्न नसकेको भन्दै आलोचना भइरहेका बेला ह्युमन राइट्स वाचले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : ०८ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल