तत्काल लोकतन्त्र पुनर्बहाली गर्न बङ्गलादेशलाई ह्युमन राइट्स वाचको आग्रह « Khabarhub

तत्काल लोकतन्त्र पुनर्बहाली गर्न बङ्गलादेशलाई ह्युमन राइट्स वाचको आग्रह


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले तत्काल लोकतन्त्र पुनर्बहाली गर्न बङ्गलादेशको अन्तरिम सरकारलाई आग्रह गरेको छ । ५० पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै ह्युमन राइट्स वाचले बङ्गलादेशको अन्तरिम सरकारलाई यस्तो आग्रह गरेको हो ।

बङ्गलादेशमा गैरन्यायिक पक्राउ र बदला लिने नियतले हुने हिंसा अझै पनि नरोकिएकाले लोकतन्त्रको पुनर्बहाली अत्यावश्यक रहेको ह्युमन राइट्स वाचको भनाइ छ । संस्थाले शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा संरचनागत सुधारको आवश्यकता पनि औँल्याएको छ ।

ह्युमन राइट्स वाचले बङ्गलादेशमा संस्थागत उत्तरदायित्वलाई दिगो बनाउन तत्काल संरचनागत सुधारको खाँचो रहेको जनाएको छ । 

पूर्वप्रधानमन्त्री शेख हसिनाको बर्हिगमनसँगै मोहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशको अन्तरिम सरकारले धार्मिक अल्पसङ्ख्यकलाई लक्षित गरी हुँदै आएका हिंसा रोक्न नसकेको भन्दै आलोचना भइरहेका बेला ह्युमन राइट्स वाचले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : ०८ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त