त्रिवी शिक्षण अस्पतालको निर्देशकमा ४ जनाले दिए आवेदन  « Khabarhub

त्रिवी शिक्षण अस्पतालको निर्देशकमा ४ जनाले दिए आवेदन 


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक बन्न ४ जना चिकित्सकले आवेदन परेको छ ।

रिक्त रहेको निर्देशकको पदका लागि प्राध्यापक डाक्टर सुवास प्रसाद आचार्य, नरमाया थापा, घनश्याम गुरुङ र सहप्राध्यापक डा। गोपाल सेडाईंले आवेदन दिएको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले जनाएको छ । कार्यालयले प्रतिस्पर्धाको आधारमा कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आव्हान गरेको थियो । डिन कार्यालयले दरखास्त स्वीकृत गर्दै प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको छ ।

डीन कार्यालयको सूचनाअनुसार आउँदो बुधबार ४ जना उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ । त्रिविका सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियमको आधारमा कार्यकारी निर्देशकको नियुक्ति हुने जनाइएको छ । सिफारिस समितिको सिफारिसको आधारमा डीनले निर्देशक गर्ने व्यवस्था छ ।

सोही विनियमअनुसार त्रिवि कार्यकारी परिषद्ले प्रा.डा मोहनराज शर्मालाई डीन नियुक्त गरेको थियो। प्रा.डा दिनेश काफ्लेको कार्यकाल पूरा भएपछि निर्देशक नियुक्ति प्रक्रिया थालिएको हो। गुरुङ निमित्त निर्देशकको जिम्मेवारीमा छन् । त्यस्तै, महाराजगन्ज चिकित्सा क्याम्पसको प्रमुखका लागि ५ जना प्रा.डाहरू प्रतिस्पर्धामा हुने भएको छ । 

डीन कार्यालयका अनुसार क्याम्पस प्रमुखका लागि मिनु चौधरी, योगेन्द्रमान शाक्य, रमेशसिंह भण्डारी, सुरेश उप्रेती र संघरत्न बज्राचार्यको आवेदन परेको छ । उनीहरूको प्रस्तुतीकरण र अन्तरवार्ता डीन कार्यालय महाराजगन्जमा आगामी माघ २२ गते मंगलबार हुनेछ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : १४ बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा