ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा ४ जनालाई मृत्युदण्ड « Khabarhub

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा ४ जनालाई मृत्युदण्ड


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा अनलाइनमा ईश्वरको निन्दा गर्ने सामग्री प्रकाशन गरेको आरोपमा दोषी ठहर भएका ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको रावलपिण्डीमा रहेको अदालतले ४ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

पाकिस्तानको ईशनिन्दा कानुनी आयोगले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको पुष्टि गरेको छ । आरोपीहरूले अनलाइनमा ईश्वरको निन्दा गर्ने सामग्री प्रकाशन गरेको ठहर गर्दै अदालतले उनीहरूलाई यस्तो सजाय सुनाएको आयोगका कानुन व्यवसायी राओ अब्दुर रहिमले जनाएका छन् ।

आरोपीहरूले उक्त सजायविरुद्ध पुनरावेदन गर्ने सम्भावना रहेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । पछिल्लो समय ईश्वरको निन्दा गरेको आरोपमा दोषी ठहर भएका धेरै जनालाई मृत्युदण्डको सजाय सुनाइएको भएपनि पुनरावेदन गरेको खण्डमा उक्त सजाय घटाएर आजीवन कारावासमा रूपान्तरण हुने गरेको छ ।

पाकिस्तानमा ईश्वर निन्दाको कानुन निकै कठोर मानिन्छ । पाकिस्तानको मानव अधिकार आयोगका अनुसार हाल ७ सय ६७ जना मानिसहरू ईश्वरको निन्दा गरेको आरोपमा जेलमा छन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : १९ बजे

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले