छपेली माझखण्ड केबलकारले ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने « Khabarhub

छपेली माझखण्ड केबलकारले ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पाटन– प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताएका छन् । ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उनले बताए ।

माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेशन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केवलकार शिलान्यास कार्यक्रममा बोल्दै आज प्रतिनिधिसभा सदस्य राणाले उक्त योजनालाई बुद्धिमताकासाथ अगाडि बढाउन सुझाव दिए । उनले यस क्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै आकर्षणको केन्द्र बनाउन सकिने बताए ।

‘पर्यटनमा यहाँको सम्भावना प्रबल छ, सबै राजनीतिक दल, जनप्रतिनिधि प्रतिबद्धता भएर व्यावसायिक रूपमा बजारीकरण गर्नुपर्छ’, उनले भने । उनले अर्को वर्षसम्म कान्ति लोक पथ पूर्णरूपमा सञ्चालनमा आउने बताउँदै यहाँका सात वटा पहिरोको जोखिम न्यूनीकरण गर्न जाइकालगायतको सक्रियतामा सर्भे भइरहेको जानकारी दिए ।

बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले पर्यटन प्रवर्द्धनका लागि सुरु गरिएको उक्त योजनाको पूर्ण सफलताको कामना गरे ।

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले काम गर्न खोज्दा धेरै दुख र अल्झनहरु आउन सक्ने बताउँदै ललितपुरको रमणीय ठाउँको मुहार फेर्नमा महत्त्वपूर्ण काम हुने विश्वास व्यक्त गरे ।

डेस्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने बताए । 

बागमती गाउँपालिकाको वडा नं. ३ बाट वडा नं. ५ माझखण्ड जोड्ने केबलकारको दुरी दुई दशमलव आठ किलोमिटर रहने छ । 

कम्पनीका अनुसार एक अर्ब २० करोड लगानीमा केबलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन हुने जनाइएको छ । आगामी एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको  छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : १२ बजे

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा