पाथीभराबारे महतो- लिम्बुवान दिएको भए केबलकार बन्ने थिएन « Khabarhub

पाथीभराबारे महतो- लिम्बुवान दिएको भए केबलकार बन्ने थिएन


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सत्ताको सेयर लिम्बुलाई दिनु पर्ने बताएका छन् । 

सोमबार माइतीघरमा आयोजित मुकुमलुङ संरक्षण संघर्ष समितिको विरोध प्रदर्शन कार्यक्रममा अध्यक्ष महतोले लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै नहुने बताएका हुन् । 

उनले भने, ‘यो देश लिम्बुको हो कि होइन ? हो भने सार्वभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वायत्तता हुनुपर्छ । लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन । आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुँदैन, मानव अधिकार पनि हुँदैन ।’

उनले भने, ‘अहिले केबलकार निर्माण जारी राखेको छ, आन्दोलनकारी पक्राउ गरिरहेको छ तर वार्ताको नौटङ्की गर्दै छ । यसरी तर्साएर डराएर धम्काएर वार्ता हुँदैन ।’

राज्यले सधैँ दमन गर्ने, गोली हान्ने जस्तो कार्य गर्दै आएको आयो अब सबै मिल्नु पर्ने उनकाे भनाइ छ ।  उनले केवल लिम्बु समुदायको सहभागिताले मात्र नभई सम्पूर्ण उत्पीडितहरूको एकता आवश्यक रहेको बताए । 

‘यो सवाल केबलकार वा रोजिरोटीसँगमात्र सम्बन्धित होइन, वैचारिक दार्शनिक सवाल पनि हो । विजय प्राप्तकोनिम्ति स्वदेशी सत्ता चाहिन्छ । त्यसैले मधेसी-आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य छ । मुक्कुम्लुडको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य थप स्पष्ट पार्दै छ।’ उनले भने, ‘अब वहुलराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी छ।’

उनले नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्था स्थल र सांस्कृतिक सम्पदा जोगाउन सबैलाई एकजुट हुन आह्वान गरे ।

उनले भने, ‘अब लिम्बू एक्लै छैन, उ सँग मधेस उभिएको छ । एक्लै लड्दा गरिएको दमन झैँ सधैँ दमन गर्छु नसोचे हुन्छ, अब सबै एक हुने हो र इट को जवाफ पत्थरले दिइने छ।’

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : ४० बजे

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा