हिट फिल्म ‘घर ज्वाइँ’का अनिलले ‘मितज्यू’ निर्देशन गर्ने « Khabarhub

हिट फिल्म ‘घर ज्वाइँ’का अनिलले ‘मितज्यू’ निर्देशन गर्ने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू निर्देशनमै हिट फिल्म ‘घर ज्वाइँ’ दिएका निर्देशक अनिल बूढा मगरले ‘मितज्यू’ निर्देशन गर्ने भएका छन् । सरस्वति पूजाको अवसर पारेर सोमबार यस फिल्म निर्माणको घोषणा भएको हो ।

निर्माण पक्षले सोमबार पेन्टिङ थिम पोस्टर सार्वजनिक गरेर फिल्म निर्माणबारे जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा दुई युवा भ्यानको अगाडि पञ्जा जुधाइरहेको अवस्थामा देख्न सकिन्छ । भ्यानमा खसी र खसीको टाउकामा कुखुरालाई राखिएको छ ।

यस फिल्मको निर्माता जनक घर्ती मगरले हुन् । अनिल र जनकको यो दोस्रो सहकार्य हुनेछ । जनक ‘घर ज्वाइँ’को समेत निर्माता हुन् ।

‘मितज्यू’मा कलाकार चयनको काम बाँकी रहेको निर्माण पक्षले बताएको छ । यो वर्ष छायाङ्कन सुरु नहुने बुझिएको छ । यद्यपि फिल्मको प्रदर्शन मिति भने वि.सं २०८२ सालको चैत २७ गतेलाई तोकिएको छ ।

यस फिल्मको कथा महेश राईले लेखेका हुन् । जिएम मुभिज र एबीएम सिने प्रोडक्सन ब्यानरको सहकार्यमा यस फिल्म बन्ने बताइएको छ ।

अनिलको डेब्यू फिल्म ‘घर ज्वाइँ’ले ५१ दिन मनाएको थियो । गत असार २८ बाट प्रदर्शनमा त्यस फिल्मको केन्द्रीय कलाकार नायक दयाहाङ राई र नायिका मिरुना मगर हुन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ०७ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै