हिट फिल्म ‘घर ज्वाइँ’का अनिलले ‘मितज्यू’ निर्देशन गर्ने « Khabarhub

हिट फिल्म ‘घर ज्वाइँ’का अनिलले ‘मितज्यू’ निर्देशन गर्ने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू निर्देशनमै हिट फिल्म ‘घर ज्वाइँ’ दिएका निर्देशक अनिल बूढा मगरले ‘मितज्यू’ निर्देशन गर्ने भएका छन् । सरस्वति पूजाको अवसर पारेर सोमबार यस फिल्म निर्माणको घोषणा भएको हो ।

निर्माण पक्षले सोमबार पेन्टिङ थिम पोस्टर सार्वजनिक गरेर फिल्म निर्माणबारे जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा दुई युवा भ्यानको अगाडि पञ्जा जुधाइरहेको अवस्थामा देख्न सकिन्छ । भ्यानमा खसी र खसीको टाउकामा कुखुरालाई राखिएको छ ।

यस फिल्मको निर्माता जनक घर्ती मगरले हुन् । अनिल र जनकको यो दोस्रो सहकार्य हुनेछ । जनक ‘घर ज्वाइँ’को समेत निर्माता हुन् ।

‘मितज्यू’मा कलाकार चयनको काम बाँकी रहेको निर्माण पक्षले बताएको छ । यो वर्ष छायाङ्कन सुरु नहुने बुझिएको छ । यद्यपि फिल्मको प्रदर्शन मिति भने वि.सं २०८२ सालको चैत २७ गतेलाई तोकिएको छ ।

यस फिल्मको कथा महेश राईले लेखेका हुन् । जिएम मुभिज र एबीएम सिने प्रोडक्सन ब्यानरको सहकार्यमा यस फिल्म बन्ने बताइएको छ ।

अनिलको डेब्यू फिल्म ‘घर ज्वाइँ’ले ५१ दिन मनाएको थियो । गत असार २८ बाट प्रदर्शनमा त्यस फिल्मको केन्द्रीय कलाकार नायक दयाहाङ राई र नायिका मिरुना मगर हुन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ०७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्