नवप्रतिभालाई विजय बरालको फिल्ममा गीत गाउने अवसर | Khabarhub Khabarhub

नवप्रतिभालाई विजय बरालको फिल्ममा गीत गाउने अवसर


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’ले कीर्तिमानी व्यापार गरेपछि विजय बरालको परिचय फेरिएको छ । उनी फिल्मको सहायक पात्रबाट नायकका रुपमा चिनिन लागेका छन् ।

आफू केन्द्रीय भूमिकामा रहेको पहिलो फिल्म हिटको रापतापमै विजय लगत्तै ठूलो पर्दामा नदेखिने निर्णय गरे । उनी नाटक ‘हरि हजुरबा’मा व्यस्त बने ।

विजयलाई दर्शकले दोस्रो पटक पनि केन्द्रीय भूमिकमा भने देख्न पाउने भएका छन् । उनले केन्द्रीय भूमिकाका लागि फिल्म ‘जनै हराएको बाहुन’मा अनुबन्ध भइसकेका छन् ।

केही साताअघि उनले कागजी सम्झौता गरेका हुन् । फिल्मको छायाङ्कन आगामी चैतबाट सुरु हुने बुझिएको छ ।

सरस्वती पूजाको अवसर पारेर सोमबार फिल्म जनै ‘हराएको बाहुन’को थिम संवाद सार्वजनिक गरिएको छ । उक्त संवादमा विजय र नायक मनिष राउतको स्वर रहेको छ ।

उक्त संवादमा बूढी आमालाई छोडेर शहर हिड्न लाग्दा विजयले साथीसँग गरेको दुखेसो सुन्न सकिन्छ । विजयले साथीलाई भन्छन्, ‘अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुज्लेल बुढी नहुनु भन ल ?’

यो संवादले फिल्मको कथा परदेश हिँड्न बाध्य छोरा र बुढीमा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ । फिल्मको शीर्षक व्यंग्यात्मक जस्तो लागे पनि थिम संवादले फिल्म भावुक कथा बोकेको संकेत गर्छ ।

संवादको अन्तिममा गीत बज्छ- ‘हे आमा म कमाएर गाउँ नफर्किंदासम्म तिमी बूढी नहुनु है !’

थिम संवादमा रहेको यही गीत गाएर टिकटकमा पोस्ट गर्ने नवप्रतिभाले अवसर पाउने भएका हुन् । निर्माण पक्षका अनुसार उत्कृष्ट स्वर हुनेलाई गीत रेकर्ड गर्ने अवसर दिइनेछ । जुन गीत चलचित्रको सामावेश हुनेछ । उक्त गीतमा अर्जुन पोखरेलको सङ्गीत रहने बताइएको छ ।

यस फिल्ममा विजय र मनिषबाहेक अन्य कलाकार सार्वजनिक गरिएको छैन । मनिष यस फिल्मको असोसियट निर्देशकसमेत हुन् ।

यसै फिल्मबाट हिमाल न्यौपानेले निर्देशनमा डेब्यू गर्दैछन् । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।

‘जनै हराएको बाहुन’लाई पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो । निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् । फिल्म वि.सं. २०८२ सालमा प्रदर्शनमा आउने बताइएको छ ।

थिम संवादको लिंक : https://www.facebook.com/watch/?v=976616421103858

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ०३ बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय