च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाको भिडन्त « Khabarhub

च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाको भिडन्त

दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

यूएई – च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा भारतको भिडन्त अस्ट्रेलियासँग हुने भएको छ। आइतबार दुबईमा भएको दिवा रात्रि खेलमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारतले समूह ‘ए’ मा पहिलो स्थान हात पारेको हो।

भारत र अस्ट्रेलियाबीच मंगलबार युएईमा पहिलो सेमिफाइनल खेल हुनेछ। न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल पाकिस्तानमा बुधबार हुनेछ।

२५० रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्डलाई २०५ रनमा सीमित गर्ने क्रममा भारतका मिस्ट्री स्पिनर वरुण चक्रवर्तीले ५ विकेट लिए। उनले १० ओभरमा ४२ रन खर्चिए। यस सिजनको च्याम्पियन्स ट्रफीमा यो सबै भन्दा उत्कृष्ट बलिङ हो। न्युजिल्यान्डले ४५.३ ओभरमा सबै विकेट गुमाएको हो।

पराजित टोली न्युजिल्यान्डका केन विलिम्सनले सर्वाधिक ८१ रन जोडे। आठौँ क्रममा ब्याटिङ गरेका माइकल सा्न्टनरले २८ रन जोडे।

यसअघि भारतलाई २४९ रनमा सीमित गर्नेक्रममा म्याट हेन्रीले ८ ओभरमा ४२ रन खर्चेर ५ विकेट लिएका थिए। भारतले ६.४ ओभरमा ३० रन जोडेर विराट कोहलीसहित तेस्रो विकेट गुमाएको थियो। भारतलाई उकास्ने क्रममा श्रेयास ऐयारले ७९, हार्दिक पाण्डेले ४५ तथा अक्षर पटेलले ४२ रन जोडे।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : १० बजे

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको