च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाको भिडन्त | Khabarhub Khabarhub

च्याम्पियन्स ट्रफी : पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलियाको भिडन्त

दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

यूएई – च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा भारतको भिडन्त अस्ट्रेलियासँग हुने भएको छ। आइतबार दुबईमा भएको दिवा रात्रि खेलमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारतले समूह ‘ए’ मा पहिलो स्थान हात पारेको हो।

भारत र अस्ट्रेलियाबीच मंगलबार युएईमा पहिलो सेमिफाइनल खेल हुनेछ। न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल पाकिस्तानमा बुधबार हुनेछ।

२५० रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्डलाई २०५ रनमा सीमित गर्ने क्रममा भारतका मिस्ट्री स्पिनर वरुण चक्रवर्तीले ५ विकेट लिए। उनले १० ओभरमा ४२ रन खर्चिए। यस सिजनको च्याम्पियन्स ट्रफीमा यो सबै भन्दा उत्कृष्ट बलिङ हो। न्युजिल्यान्डले ४५.३ ओभरमा सबै विकेट गुमाएको हो।

पराजित टोली न्युजिल्यान्डका केन विलिम्सनले सर्वाधिक ८१ रन जोडे। आठौँ क्रममा ब्याटिङ गरेका माइकल सा्न्टनरले २८ रन जोडे।

यसअघि भारतलाई २४९ रनमा सीमित गर्नेक्रममा म्याट हेन्रीले ८ ओभरमा ४२ रन खर्चेर ५ विकेट लिएका थिए। भारतले ६.४ ओभरमा ३० रन जोडेर विराट कोहलीसहित तेस्रो विकेट गुमाएको थियो। भारतलाई उकास्ने क्रममा श्रेयास ऐयारले ७९, हार्दिक पाण्डेले ४५ तथा अक्षर पटेलले ४२ रन जोडे।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : १० बजे

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ

हुम्ला – हुम्लाकोे दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

रूपन्देही – भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा

कांग्रेस सह-महामन्त्रीको समाचारमा धनुषाका एसपी तिवारीको चासो

काठमाडौं – गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा लुटपाटमा

अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका